• १२ असोज २०८१, शनिबार

रुकुम पश्चिममा मतगणना सुरु

blog

मतगणना सुरु गरिँदै । तस्विर : राजु लामिछाने ।

राजु लामिछाने 

रुकुमपश्चिम, मङ्सिर ६ गते । रुकुमपश्चिममा मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को मतगणना छुट्टाछुट्टै सुरु गरिएको छ । सुरुमा बाँफिकोट गाउँपालिका ४ मा रहेको वीरेन्द्र माविमा रहेको मतदान केन्द्रको मतगणना सुरु गरिएको सहायक मुख्य निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो । 

सोमबार जिल्लाका सात मतदान केन्द्रको पुनः मतदान माग गर्दै मतगणना प्रक्रिया बहिष्कार गर्ने जनाएको नेकपा एमाले रुकुमसमेत मतगणना प्रक्रियामा सहभागी भएको छ । 

रुकुमपश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको छ ।