काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता कायमै राख्नुभएको छ ।
पर्साका चारवटै निर्वाचन क्षेत्रको मतगणना जारी छ। क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउँसो १.३० बजेदेखि सुरु भएको र क्षेत्र नं. ३ र ४ को मतगणना दिउँसो २.३० बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो।
कैलालीका तीन वटा क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को मतगणना पनि सुरु भएको छ ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण राज विष्टको अग्रता कायमै रहेको छ । यस क्षेत्रको मतगणना सुरु भएदेखि अहिलेसम्म विष्टको अग्रता कायम रहेको हो ।
झापाको क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारी भन्दा तीन हजार ५३० मतान्तरले अगाडि रहनु भएको छ ।
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘बी’ को खेलमा वेल्सले अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धतामा उल्लेख्य कमी आएको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) ९५ परियोजनाका लागि ११ अर्ब छ करोड २८ लाख आठ हजार ७०४ रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत वर्ष साउनदेखि कात्तिकसम्ममा २४ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
मकवानपुरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढिलासुस्ती र ढुवानीकर्ताको बदमासीले हुम्लाका जनताले खाने चामल अहिले नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीको जिम्मा पाएको तारा एयर सम्झौता गर्न नजानु र सडकबाट ढुवानी गर्ने जिम्मा पाएको एलबी सप्लायर्स सम्पर्कविहीन हुँदा हुम्लावासी चामलविहीन हुने अवस्था आएको छ ।
बहुप्रतीक्षित प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आइतबार सम्पन्न भएसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको छ। केही छिटफुट घटनाबाहेक तुलनात्मक रूपमा निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। एक चरणको निर्वाचन हुँदा निश्चय नै सुरक्षा चुनौती थियो तर त्यसको प्रभावकारी सामना गर्दै निर्वाचन सम्पन्न भएको छ। केही स्थानमा निर्वाचन स्थगित हुने गरी भएका सामान्य घटना पक्कै पनि राम्रो होइन। अझ निर्वाचनकै झडपका कारण ज्यान जानु राम्रो होइन। ती घटना दुःखद छन् तर विगतको तुलनामा यो निर्वाचन बढी शान्तिपूर्ण सम्पन्न भयो। आममतदाताले बिनाभय विवेकपूर्ण ढङ्गबाट आफ्ना प्रतिनिधिलाई मतदान गर्न सफल हुनु नै यो निर्वाचनको सफलता र सुन्दर पक्ष हो। मतदानका क्रममा बाजुरालगायतका केही स्थान अप्रिय घटना
नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा सुखद सुरुवात गरेको छ । अल थुममा रङ्गशाला सोमबार राति भएको समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० गोलले हरायो ।
शक्ति र साधन अभ्यासलाई जनस्तरमा पु-याई स्थानीय आवश्यकता त्यहीँबाट पूरा गर्न विकेन्द्रीकरणले अघिल्लो शताब्दीबाट महìव पाउँदै आयो। सङ्घीय शासन पद्धतिले विकेन्द्रीकरणलाई उच्चतम स्तरमा अभ्यास गर्न रणनीतिक दर्शन लिने गर्छ। सङ्घीयताको सुन्दर पक्ष नै शासकीय तहहरूको निर्माण गरी सार्वभौम शक्तिको निक्षेपण हो। स्थानीय सरकारले निक्षेपित शक्तिको अभ्यासमार्फत लोकतन्त्रलाई कार्यमूलक बनाउँछ। स्थानीय सरकार लोकतन्त्रको कार्यात्मक संयन्त्र हो, उसैसँग भूगोल,
कैलालीको क्षेत्र नम्बर १, २, ३ मा नागरिक उन्मुक्ति पार्टीले सुरुदेखि अग्रता कायमै रहेको छ । तीन वटै ठाउँमा गठबन्धन उम्मेदवारलाई पछाडि पार्दै रेशम चौधरी संरक्षक रहनुभएका पार्टीका उम्मेदवारहरू अगाडि रहनुभएको हो ।
मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा लाखौँ नेपालीले मतदान गरे। धेरै हदसम्म शान्तिपूर्ण रहेको निर्वाचनले हिमालयन राष्ट्रको लोकतान्त्रिक सङ्क्रमणको अन्त्य गर्दै बलियो सरकारले दिने अपेक्षा गरिएको छ। नयाँ संविधान निर्माणपश्चात् यो दोस्रो संसदीय निर्वाचन हो। नयाँ संविधान खुला र लचिलो दस्तावेज हो। भविष्यमा संशोधनका लागि प्रशस्त ठाउँ पनि प्रदान गरेको छ। महिला र सीमान्तकृत वर्गका लागि आरक्षण भए पनि उनीहरूलाई टिकट दिन राजनीतिज्ञहरू आनाकानी गर्छन्। प्रत्यक्ष निर्वाचनमा महिलालाई कम उम्मेदवार बनाइयो। यसले राजनीतिक वर्गको पितृसत्तात्मक मानसिकता झल्काउँछ।
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले चार हजार १५४ मतसहित अग्रता कायम राखेको छ ।