पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण गन्तव्य बन्दै गएको खोकनाका बासिन्दाले परम्परागत परिकार योमरी, बारा, चटामरीलाई आम्दानीको स्रोत बनाउन थालेका छन् । ललितपुर महानगरपालिका–२२ स्थित परम्परागत बस्तीका महिलाले समूहमा मिलेर हाल परम्परागत खानाको परिकार बनाउने र त्यसको बिक्रीवितरणबाट मनग्गे आम्दानी गर्न थालेका हुन् । विभिन्न संस्थाले खोकनाका महिलालाई परम्परागत परिकारलाई व्यापारीकरण गर्न तालिम तथा सहयोग गरेपछि सो क्षेत्रका महिलाले क्याफे सञ्चालन गरी परम्परागत परिकार बिक्री गरेर टोल बस्तीमै रोजगारी सिर्जना गरेका हुन् ।
पितृ मोक्षको कामना गर्दै मङ्गलबार बालाचतुर्दशी मनाइँदै छ । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महादीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ ।
पाँच वर्षमा आउने निर्वाचनजस्तो महत्त्वपूर्ण राष्ट्रिय उत्सव सकिएको छ तर धार्मिक, सांस्कृतिक र यस्ता उत्सवमा समेत प्रयोग गरिने चात्रोको प्रयोग घट्दो छ। यस पटक उम्मेदवारहरू गाउँमा भोट माग्न जाँदा आक्कलझुक्कल मात्र चात्रोको प्रयोग भयो। धेरै वर्षसम्म लोप भएको चात्रो यति बेला खप्तड छेडेदह गाउँपालिकाको नाइनामा देखियो। खप्तड छेडेदह गाउँपालिका–७, नाइनाका बासिन्दाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा चुनावी मैदानमा उत्रेका उम्मेदवारको स्वागतका लागि चात्रो राखेका थिए।
डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई हजार ९४८ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।
सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ। अन्य क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतगणना जारी छ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । सिंहले यस निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको हो ।
हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्काले एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता लिनुभएको छ ।
ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । मतगणनाको परिणामअनुसार महर्जन १९,७३४ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०,४४० मत ल्याएर दोस्रो स्थान बनाउनुभयो । निर्वाचन आयोगले आधिकारिक रुपमा विजयीको घोषणा गर्न भने बाँकी छ ।
ओखलढुङ्गामा मतगणना सुरु भएको छ। सोमबार दिउँसोदेखि मतगणना सुरु गर्ने भनिए पनि केही विषयमा भएको विवाद समाधान नहुँदा मतगणनामा ढिलाइ भएको हो।
रुपन्देहीको क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाणले सुरुवाती अग्रता लिनुभएको छ । दिउसो २ बजेबाट यहाँ मतगणना सुरु भएको थियो ।
हिमाली जिल्ला मनाङको प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ ।
गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सोमबार साँझ सवा सात बजेबाट गणना सुरु भएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो।
धनुषाको चार वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. १, २ र ३ मा मतगणना जारी रहे पनि क्षेत्र नं. ४ मा अझै पनि मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगले एक निर्वाचन क्षेत्रमा चार ठाउँमा मतगन्ना गर्न दिएको निर्देशन बमोजिम पुर्वाधार तयारी गर्नमा ढिलाइ भएपछि एउटा निर्वाचन क्षेत्रको मतगणना अझै सुचारु हुन सकेको छैन ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेम महर्जनको अग्रता कायमै रहेको छ।