पाँचौं पटक विश्वकप फुटबलमा सहभागिता जनाउन लाग्नुभएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस विश्वकपलाई स्वर्णिम बनाउन चाहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गत बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । बागलुङ निर्वाचन क्षेत्र नं. १ को जिल्ला समन्वय समितिको हल र निर्वाचन क्षेत्र नं. २ को बुर्तिवाङ बजारस्थित नयाँ सहरी आयोजनाको कार्यालयमा मतगणना सुरु भएको हो ।
पाल्पा क्षेत्र नं २ को मतगणना सुरु भएको छ । दलका प्रतिनिधि तथा उम्मेदवारको बैठकपछि मतगणनाको कार्य सुरु भएको हो ।
कैलाली क्षेत्र नं ३ मा मतगणना कार्य दिउँसोबाट सुरु भएको छ । बिहान सर्वदलीय बैठक बसी प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको हो। मतगणनाको सुरुवाती अग्रता नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।
हेलिकप्टर मार्फत उत्तरी गोरखाको मतपेटिका ढुवानी गरिएको छ । सोमबार अपराह्न नेपाली सेनाको हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले जानकारी दिनुभयो ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले अग्रता लिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा तीन जना मृत्यु हुनुका साथै एक हजार ३८० जना डेंगु सङ्क्रमित थपिएका छन् ।
डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै अग्रता लिनुभएको छ । देउवा गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ ।
जुम्लामा मत गणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार प्रतिनिधिसभाको मत गणना सुरु भएको छ भने प्रदेशसभाको मत गणनाको तयारी भइरहेको छ ।
क्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैङ्कको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले) का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतगणनामा हिमाली जिल्ला मनाङमा एमालेको अग्रता छ । प्रतिनिधि सभा र प्रदेश सभा ‘१’ तर्फ नेकपा एमालेको अग्रता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
काठमाडौं क्षेत्र नं. १ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रको अग्रता देखिएको छ ।
सिन्धुलीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सोमबार बेलुका ४ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
काठमाडौंमा प्रतिनिधि सभाका १० निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । गणना भएकामध्ये तीन स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।
गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण निर्माण गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।