• ९ मंसिर २०८१, आइतबार

कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता

blog

चाँदनी आचार्य

कैलाली, मङ्सिर ५ गते । कैलाली क्षेत्र नं ३ मा मतगणना कार्य दिउँसोबाट सुरु भएको छ । बिहान सर्वदलीय बैठक बसी प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको हो। मतगणनाको सुरुवाती अग्रता नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।

तीन हजार २९५ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले एक हजार एकसय मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । त्यसैगरी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका कृष्ण कुमार चौधरी कुन्दनले ८५० मत प्राप्त गर्नुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बम्ले ६५० प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ भने नेकपा एमालेका गौरीशङ्कर चौधरीले ५५० मत प्राप्त गरी चौँथो स्थान रहेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो ।  

घोडाघोडी नगरपालिका १ सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको हलमा मतगणनाकार्य भइरहेको छ । 

यस्तै, कैलाली निर्वाचन क्षेत्र नं २ मा मतगणनाकार्य साँझ ५ बजेबाट सुरु भएको हो । कैलाली क्षेत्र नं ३ मा एक लाख सात हजार ६५९ मतदातामध्ये करिब ५५ प्रतिशतले मात्र मतदान गरेको जनाइएको छ ।