अमरराज नहर्कीतनहुँ, मङ्सिर ५ गते । तनहुँमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले आज दिउँसो २ बजेबाट मतगणना गर्ने सहमति गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँमा प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । आइतबार मध्यरातसम्म मतपेटिका ल्याउन समय लागेकोले आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उहाँले बताउनुभयो । तनहुँ–१ को मतगणना दिउँसो २ बजे सुरु गरिने भएपनि तनहुँ-२ को मतगणना भने दिउँसो १२ः३० बजेबाट सुरु गरिने ढकालले जानकारी दिनुभयो । यसपटक तनहुँमामा ५५ प्रतिशत मत खसेको छ । जिल्लामा दुई लाख ४८ हजार ४९५ मतदाता मध्ये सो प्रतिशतमा मत खसेको ढकाल बताउनुहुन्छ । २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थल सुरक्षाको लागि तारजाली र सिसी क्यामराजिल्लामा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतगणना स्थलमा तारजाली राख्नुका साथै सिसी क्यामेरा सहितको अन्य सुरक्षा प्रबन्ध मिलाइएको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र मतपेटिका राख्ने ठाउँमा सिसिटिभी क्यामरा जडान गर्नुका साथै बत्ती गएको समयमा बत्तीको व्याकअपको व्यवस्थासमेत गरिएको छ । मतगणना स्थलमा दलका उम्मेदवार/प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतगणनाका लागि चारवटा कोठा व्यवस्थापन गरिएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिनुभयो । यसका अतिरिक्त मतगणना स्थल जिल्ला समन्वय समितिको भवनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सुरक्षा मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपनाइएको बताउनुभयो । "मतगणना निकै संवेदनशील हुने भएकाले मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो", प्रजिअ अर्यालले भन्नुभयो ।
गोपी ज्ञवाली नवलपरासी, मङस्रि ५ गते । पश्चिम नवलपरासीमा दिउँसो एक बजेबाट मतगणना सुरु हुने भएको छ । नवलपरासी सङ्घीय क्षेत्र नम्बर १ को मतगणना बर्दघाट नगरपालिकाको सभाहलमा र २ को मतगणना रामग्राम नगरपालिकाको सभाहलमा एक बजेदेखी सुरु हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिनुभयो । मतगणनाका लागि दुई वटै मतगणना स्थलमा सुरक्षाको लागि भन्दै तारजाली, सिसी क्यामरा, रातीको समयमा उज्यालोका लागि विद्युतीउपकरणसहित सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको छ । नवलपरासीको क्षेत्र नं १ मा ८० हजार ५३० र क्षेत्र नम्बर २ मा ८८ हजार ५२३ गरी जम्मा १ लाख ६९ हजार ५३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट विजयी हुनुभएको छ । यो विजयीसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको हो ।
मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली जितकाे नजिक पुग्नुभएको छ । एक हजार ४३७ मत गणना गर्न बाँकी रहँदा काँग्रेसको ६३५ ले अग्रता कायम गरेको छ ।
प्युठान नौबहिनी बराह माध्यमिक विद्यालय मतदान केन्द्र झिम्पको मतपेटिकाको सिल ताडिएको भेटिएपछि मतगणना रोकिएको छ । उम्मेदवारहरूले विरोध जनाएपछि सर्वदलीय बैठक बस्न नसकेपछि गणना सुरु हुन नकसेको हो ।
मकवानपुरमा १० स्थानबाट मतगणना सुरु गर्ने तयारी थालेको छ । बिहान ११ बजेदेखि प्रतिनिधि तथा प्रदेश सभा सदस्यको प्राप्त मतगणना गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।
बाँकेमा बिहानैदेखि मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले)को अग्रता छ । बाँके क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्यका लागि एक हजार २४८ मत गणना हुँदा एमालेका किस्मत कक्षपतिले छ सय र कांग्रेसका किशोरसिंह राठोरले चार सय मत प्राप्त गर्नुभएको छ ।
मुस्ताङमा मतगणना सुरु भएको छ । जिल्लाको ताजा मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।
सहरबाहिर एउटा पक्की पुल थियो । पक्की पुलछेउमा एक दिन उसले एउटा जुत्ता मिल्केको देख्यो । जुत्तालाई उसले गडेर हे¥यो । जुत्ताबारे ऊ अनुमान गर्न उत्सुक भयो । पहिलो त यो अनुमान ग¥यो, जुत्ता कसको हो ? जुत्ता जसकसैको हुन सक्थ्यो । जुत्ता मेल फिमेलमध्ये पुरुषकै थियो । फित्ता बाँध्ने खालको । जुत्ता मिल्किएको ठाउँमा उत्तानो परेर आँ गरेर बसेको थियो मानौँ पूरै आकाश निल्न तयार छ । ऊ त्यो पुल भएको सडकछेउको गाउँमा डुल्न आउँथ्यो । मर्निङ वाकमा । गाउँको छेउमा एउटा चियापसल थियो र बिहानको भ्रमण सकेर फर्कने बेलामा
सोलुखुम्बुमा खुम्बु र लिखुपिकेको मतपेटिका सदरमुकाम आउन बाँकी रहेको छ । यी दुई क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएपछि मतगणना सुरु गरिने भएको छ ।
अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई सन् २०१० मा पछाडि पारेर कतारद्वारा आयोजना अधिकार प्राप्त। यस प्रतियोगिताको पहिलो खेल सुरुमा हल्यान्ड र सेनेगलबीच हुने तय थियो तर पछि आयोजकबाटै सुरु गर्ने भएपछि कतार र इक्वेडरबीच उद्घाटन खेल हुने भएको छ। चार वर्ष पहिले विश्वकप आयोजना गरेको रुस युक्रेनमाथि हमला गरिरहेका कारण यसपालि विश्वकपमा प्रतिबन्धित छ। विश्वकपमा पहिलो पटक महिला रेफ्री।
फिफाले कतार विश्वकपका लागि पुरस्कार, प्रोत्साहन र अन्य विषयमा खर्च गर्ने रकम सार्वजनिक गरिसकेको छ। यस पटक कुल राशिमा २९ प्रतिशतले वृद्धि गरी फिफाले एक अर्ब अमेरिकी डलर पु-याएको छ। विश्वकपमा सहभागी ३२ टिमले प्राप्त गर्ने स्थानका आधारमा ४४ करोड डलर वितरण गरिने छ भने बाँकी रहेको ६६ करोड डलर फुटबल कम विकसित भएका राष्ट्रिय सङ्घहरू, क्लबहरूको हित तथा क्लबको बीमा र खेलाडी सुरक्षा योजनामा फिफाले खर्च गर्ने छ । यस हिसाबले वास्तविक पुरस्कार रकम ४४ करोड डलर मात्र हो, जुन सन् २०१८ को दाँजोमा चार करोड डलर बढी छ।
कतारमा आयोजक र इक्वेडरबीचको खेलसँगै विश्वकप सुरु हुनुपहिले नै यसपालिको विजेताको अड्कल गर्न सुरु भइसकेको छ। टिमहरूको समूह विभाजन, विगतका विजेता, हालैका प्रदर्शन तथा समर्थनका दृष्टिबाट सम्भावित विजेताको सूचीमा पुरानै अनुहारको बाहुल्यता देखिन्छ। कतारमा नितान्त नौलो परिस्थिति, फरक मौसम र स्थानले टिमहरूको प्रदर्शनमा कत्तिको फरक पार्ने हो त्यो हेर्न बाँकी छ तर समूह विभाजन र हालसालैका प्रदर्शनका आधारमा केही टिमलाई सम्भावित विजेताका रूपमा विश्लेषण गर्न सकिन्छ। टिमहरूको समूह विभाजन भइसकेको छ र खेल तालिका समेत सार्वजनिक भएको छ। गत अप्रिलमा प्रतियोगिताको ‘ड्र’ निकालिएपछि ब्राजिललाई मुख्य दाबेदार मानेर हेरियो। अर्जेन्टिना लगातार ३५ खेलमा अपराजित रहेपछि उसलाई पनि कमजोर मानिएको छैन। फ्रान्स, इङ्ग्ल्यान्डमाथि दाउ लगाउनेको पनि कमी छैन।
सप्तरी क्षेत्र नम्बर एक र दुईको मतगणना सुरु भएको छ । मतपेटिका सङ्कलन पश्चात् तत्कालीन सर्वदलीय बैठक बसी सहमति जुटाएर राती नै मतगणना सुरु गर्ने मुख्य निर्वाचन कार्यालयको तयारी रहे पनि सर्वदलीय बैठकले भोलि बिहानबाट गर्ने भएको सहमति अनुसार सोमबार नौ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो ।
शरद ऋतु हाम्रा चाडवाड र पर्वको आल्हादकारी समय त हो नै, सँगसँगै पुरस्कारको मौसम पनि । मदन, पद्मश्रीजस्ता स्वदेशी पुरस्कार मात्र होइन, विश्वप्रसिद्ध नोबेल पुरस्कारका धारावाहिक चर्चाले विविध विधाका मान्छेहरू तरङ्गित भइरहे गत महिना । केही महिनाअघि अमेरिकामा सलमान रुस्दीमाथि भएको आक्रमणपछि यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उनले पाउने चर्चा चलिरहेको बेला विरलै पढिएकी फ्रान्सेली लेखक एनी एर्नोउले बाजी मारिन् । एकाएक उनका फुटकर लेख÷रचना सामाजिक सञ्जालमा छाउन थाले । उनका किताबबारे बहस हुनथाल्यो, पुराना लेख र समीक्षा उपलब्ध भइरहे । उनको लेखनमा पाइने ‘साहस र असंलग्न तीक्ष्णता’का निम्ति उनलाई यस वर्षको नोबेल दिइएको जनाइएको छ । नोबेल समिति थप खुलाउँछ, ‘यही तीक्ष्णताको बलमा वैयक्तिक स्मृतिका मूलस्रोत, विच्छेदन अनि सामूहिक संयमलाई सतहमा ल्याएकी छन् उनले ।’