आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु हुने भएको छ । चितवनको तिनै क्षेत्रमा एकै पटक मत गणना सुरु गर्न लागिएको हो ।
निर्वाचनका घोषणापत्रमा मुख्य दलको गरिबी निवारणप्रति प्रतिबद्धता रहेको देखिन्छ। मुलुकको मूल आर्थिक–सामाजिक समस्याप्रति दलहरूको यस्तो प्रतिबद्धता रहनु सुखद हो। देशमा जुनसुकै रूपको गरिबी रहनु गरिब, धनी, नेता, जनता सबैका लागि हितकर अवस्था होइन। गरिबको आयस्तर बढ्दा धनीको पनि नाफा बढ्छ भन्ने तथ्य ‘दी फोरच्युन एट दी बटम अफ दी पिरामिड’ पुस्तकका लेखक सीके प्रह्लादले सन् २००६ मा सार्वजनिक गरिसकेका छन्। देश र जनतालाई गरिबीमा राखेर आफू धनी बन्ने नेतालाई बहिष्करण गर्ने काम पनि सुरु भइसकेको छ। आशा गरौँ, निर्वाचनबाट जुन दलको सरकार आए पनि घोषणापत्रको इमानदार कार्यान्वयन गरी मुलुकबाट गरिबीलाई बिदा गरेर सबै जनताको जीवनयापनमा सुधार गर्नुपर्छ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि अर्थतन्त्र कस्तो होला ? यो धेरै लामो समयदेखि प्रतीक्षाको विषय बन्दै गएको छ। गत स्थानीय तहको निर्वाचनपछि अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्राप्त हुने अनुमान गरिएको थियो। खास गरी लामो समयदेखि बैङ्क तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य पुँजी अर्थात् तरलताको अभाव स्थानीय निर्वाचनपछि समाधान हुने अपेक्षा थियो तर त्यस्तो देखिएन, तरलता अभाव कायमै रह्यो। निर्वाचनपछि पनि बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदै जाने प्रवृत्तिमा रोक लगाएनन्। त्यसले गर्दा लगानी प्रवाहमा प्रतिकूल असर परिरह्यो। बजारमा प्रवाह भएको पैसा फेरि बैङ्क तथा वित्तीय संस्थामा गत वर्षदेखि नै ठूलो अंश फिर्ता भएको छैन। स्थानीय निर्वाचनअघि नै भन्ने गरिन्थ्यो, निर्वाचनको खर्च जोहो गर्न धेरैले पैसा घरमै पोको पारेर राखेका छन्। अर्थमन्त्री स्वयंको कुनै बेला त्यस्तै भनाइ आएको थियो। स्थानीय निर्वाचनपछि त पैसा बजारमा आएन, के यो निर्वाचनपछि बैङ्क तथा वित्तीय संस्थामा पैसा आउला ? निर्वाचनपछिको आर्थिक परिदृश्यको चर्चा यहीबाट आरम्भ गर्नु उचित हुन सक्छ।
खुसीको कुरा स्थानीय सरकार आएपछि गाउँमा पनि विकासको गति बढेको छ। धेरैजसो स्थानीय जनप्रतिनिधिका आफ्नै डोजर भएपछि कच्ची नै भए पनि आवाजका साथ बाटो खनिन थालेका छन्। हिउँदमा पहिलो पटक खनिएका बाटा बर्खामा भत्किन्छन्, पहिराले पुरिन्छन्। ती ठाउँमा फेरि डोजरले काम पाएपछि विकास भएकै देखियो। बाटोसँगै विद्युत्को पनि विस्तार हुँदै छ। खानेपानीका मुहान सुक्न थालेपछि उल्लेख्य लगानीका साथ खोला–नदीबाट पानी ‘लिफ्टिङ’ गरी जनताका घरघरमा पु¥याउने योजना पनि यत्रतत्र सञ्चालन हुँदै छन्। चिटिक्क परेका र टिन टल्केका ‘भूकम्पे घरहरू’ जताततै देखिन्छन्। अस्पताल तथा विद्यालय भवन पनि बन्दै छन्। वैदेशिक रोजगारले नपुगेपछि देखावटी रोजगारीका नाममा भए पनि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले पनि धेरैलाई ‘नगदी राहत’ दिएको हो। गाउँको स्वच्छ, सुन्दर, शान्त र कोलाहलमुक्त प्राकृतिक वातावरणमा विकास पनि थपिएपछि निश्चय नै गाउँले जीवन थप रमाइलो हुन थालेको छ।
वित्तीय क्षेत्रले ऋण लगानी गर्न नसक्नु तथा स्थानीय निकायले आवश्यक कानुनी प्रबन्ध गर्न नसक्दा मुलुकभरको घरजग्गा कारोबार शिथिलप्रायः भएको छ। भूमि व्यवस्थापन विभागको तथ्याङ्कअनुसार गत वर्षको कात्तिकमा भन्दा यस वर्ष घरजग्गाको लिखत पारितलगायतका कारोबार र त्यसबाट प्राप्त हुने राजस्वसमेत आधा घटेको छ।
तोरी बालीका लागि प्रख्यात दाङमा पछिल्लो समय उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरे पनि पछिल्लो समय त्यो क्रम घट्दै गएको हो। कुनै समय दाङको तोरी अन्य जिल्लाहरूमा बिक्री हुने गथ्र्यो तर पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर हुन थालेको छ। स्थानीयले तोरीको तेलको साटो सूर्यमुखी र भटमासको तेल प्रयोग गर्न थालेको स्थानीय गीता विष्ट बताउनुहुन्छ। केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभर खान पुग्ने भए पनि पछिल्लो समय घरको उत्पादनले पनि नपुगेपछि बजारबाट खरिद गर्न थालेको उहाँ बताउनुहुन्छ। “घरमा आफैँ खेती गर्दा वर्षभरि खाने तेल उत्पादन हुन्थ्यो तर
नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज)सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपियाँ लाभांश लगेका हुन्। जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपियाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ। यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपियाँले मात्र कम हो; जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो।
कोरियोग्राफर तथा कन्टेम्पोररी डान्सर जेडी तमू र नेपालका डान्सिङ स्टार विजेता छिरिङ शेर्पाले विश्व कीर्तिमानका लागि सोलुखुम्बुमा रहेको सर्वोच्च शिखर सगरमाथाको फेदीमा रहेको कालापत्थरको पाँच हजार छ सय मिटर उचाइमा नृत्य प्रस्तुत गरी दाबी पेस गरेका छन्। उनीहरूले विश्वकै उच्च स्थानमा कोरियोग्राफ गरी नृत्य प्रस्तुत गर्दै विश्व रेकर्डमा दाबी पेस परेका हुन्। उनीहरूले विभिन्न नेपाली लोकनृत्यलाई समायोजन गरी तीन मिनेट लामो प्रस्तुति दिएका छिन्। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम गरिएको कोरियोग्राफर जेडीले बताए। सरस्वती धिमालले कोरियोग्राफ गरेको गीतलाई प्रेम पौडेलले छायाङ्कन गरेका हुन् भने ड्रोन अभय पोखरेलले चलाएका छन्।
सुनसरीका चार निर्वाचन क्षेत्रमा अहिले बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राति अबेरसम्म मतपेटिका सङ्कलन कार्य भएकोले अहिले बिहान सर्वदलीय बैठकमा सहमति गरेर मतगणना सुरु गरिने बताउनु भयो ।
माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्यारी कि प्यारी’ को अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर तीनवटा आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिनुभएको छ। कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक चलचित्रको बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ। चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा देखिँदै हुनुहुन्छ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार देशभर मतदान गरिएको छ। कलाकारले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्नुभएको छ। मतदानसँगै कलाकारहरू अर्को चुनावमा आफू उम्मेदवार हुने इच्छा पनि व्यक्त गर्नुभएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अहिलेको चुनावले परिवर्तनको सङ्केत गरेको बताउनुभयो। उहाँले नेपाली कला, संस्कृति, चलचित्रको प्रवद्र्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा व्यक्त गर्नुहँुदै भविष्यमा उम्मेदवार बन्ने मौका पाए अवश्य बन्ने बताउनुभयो।
विश्वकप २०२२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले सोमबार सेनेगलसँग खेल्दा विश्वलाई दुई कुरा देखाउने प्रयास गर्नेछ। पहिलो सेनेगलविरुद्ध जित हात पारी आफू पनि ब्राजिल, अर्जेन्टिना र गत विजेता फ्रान्ससरह उपाधि दावेदार हो अनि पछिल्लो विश्वकपमा चयन हुन नसके पनि यस पटक युरोपको शीर्ष टिमका रूपमा कतार आएको हो भन्ने। पहिलो खेलअघि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गाल भन्नुहुन्छ, “हामीसमक्ष विश्व च्याम्पियन बन्ने ठूलो अवसर छ। यस्तो दाबी गर्न प्रशिक्षकहरू डराउँछन् तर म दाबी गर्न सक्छु,” उहाँ भन्नुहुन्छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्नुभएको छ। उहाँले आइतबार बिहान १० बजे डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो। उहाँकी पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदाताको उत्साह निक्कै कम देखिएको छ । गत वैशाखको स्थानीय तहको चुनावमा केही जिल्लामा ७० प्रशितसम्म मतदान भएकोमा यस पटक कैलालीमा ६३, डडेलधुरामा ५२, बैतडीमा ६०, दार्चुलामा ६५, अछाममा ५५, कञ्चनपुर ६२ र डोटीमा ५१.९ प्रतिशतले मतदान गरेका छन् ।
आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण भएको छ। केही स्थानमा हवाई फायर भएको छ भने एकाध स्थानमा गोली चल्दा केही व्यक्ति घाइतेसमेत भएका छन् । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ। गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एक जनाको मृत्यु भएको र प्रहरीसहित केही व्यक्ति घाइते भएको जानकारी दिनुभयो।