ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवालको अग्रता रहेको छ।
कतार विश्वकप अन्तर्गत आज (सामेबार) समूह ‘बी’ को दुई खेल हुँदैछ । साँझ ६ः४५ बजे हुने खेलमा युरोपको वलियो टोली इङ्ग्ल्यान्डले एसियाली देश इरानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको अनुभवी टोली इङ्ग्ल्यान्ड विश्वकपमा दोस्रो पटक एसियाली देशको सामना गर्दैछ ।
पाल्पाको मतगणना दिउँसो ३ बजेदेखि सुरु गरिने भएको छ । राजनैतिक दल तथा उम्मेदवारसँगको सर्वपक्षीय बैठकले ३ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिउँ जमेर बन्द लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको हो ।
काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालयमा सोमबार दिउँसोबाट मतगणना थालिएको हो ।
प्रतिनिधि सभा सदस्य कैलाली क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । सोमबार दिउसो २ः०० बजेसम्म भएको ६०० मत गणनामा नागरिक उन्मुक्ति पार्टीको ढकियालाई २६९ मत आएको छ ।
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना गुल्मी क्षेत्र नं २ मा दिउँसो ४ बजेदेखि गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस क्षेत्रको मतगणना दिउँसो ४ बजेदेखि गरिने निर्णय गरेको हो ।
यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।
सल्यानमा मतगणना सुरु भएको छ । दिउँसो १ः १५ बजेदेखि मतगणना सुरु भएको हो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।
काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिनुभएको छ । प्रारम्भिक मतगणना अनुसार तीन हजार १८९ मतगणना हुँदा सिंहको अग्रता देखिएको हो ।
प्रतीक इच्छुक शर्मा सल्यान,मङ्सिर ५ गते । सल्यानमा ११ बजेबाट मतगणना सुरु हुने भनिएपनि अहिलेसम्म मतगणना हुन सकेको छैन । व्यवस्थापनमा समय लागेको कारण सल्यानमा मतगणना ढिला भएको हो । जिल्लाका २०५ मतदान केन्द्रबाट जिल्लाको मुख्य निर्वाचनको कार्यालयमा आइतबार राति ३ बजेसम्म मतपेटीका आइसकेको थियो । यस्तै, मतगणनाको लागि सोमबार बिहान ८ बजे सर्वदलीय बैठकसमेत बसेको थियो । तयारी नपुगेकाले मतगणनामा ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताउनुभयो । उहाँका अनुसार जतिसक्दो छिटो मतगणनाको लागि तयारीका काम भइरहेको छ र अबको आधा घण्टा भित्र मतगणना सुरु हुनेछ । मतगणनाको लागि सदरमुकामस्थित मुख्य निर्वाचन कार्यालय परिसरमा सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।यस्तै, सल्यानमा ५३ दशमलव २७ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुरुष ४० हजार २१ र महिला ४४ हजार १ गरी ८४ हजार २२ मत खसेको छ । एक प्रतिनिधि र २ प्रदेश सभा रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । र प्रदेश सभा (क) मा ७८ हजार ६ सय ६८ र प्रदेश सभा (ख) मा ७९ हजार ३३ मतदाता रहेका छन् ।
काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले सुरुवाती अग्रता लिनुभएको छ ।
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ ६०७ मत पाउनुभएको छ ।