• १३ असोज २०८१, आइतबार

काठमाडौं–१ मा प्रकाशमान सिंहको अग्रता

blog

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह । फाइल तस्बिर

काठमाडौं, मङ्सिर ५ गते । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिनुभएको छ । प्रारम्भिक मतगणना अनुसार तीन हजार १८९ मतगणना हुँदा सिंहको अग्रता देखिएको हो ।

सिंहले ८१८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले ७३७, नेकपा (एमाले) का उम्मेदवार किरण पौडेलले ४९६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार वमले ५२८ र सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गर्नुभएको छ ।