• १३ असोज २०८१, आइतबार

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

blog

मतगणना स्थल । तस्बिर : केशब गुरुङ

काठमाडौं, मङ्सिर ५ गते । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ ६०७ मत पाउनुभएको छ ।

यसैगरी, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५९१ मतले श्रेष्ठलाई पछ्याइरहनुभएको छ ।  त्यस्तै, नेकपा (एमाले) तेस्रो स्थानमा छ । एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्यले ३०४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २१३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राप्रपाका उम्मेदवार प्रकाश रिमालले २०३ मत पाउनुभएको छ ।