• १३ असोज २०८१, आइतबार

प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

blog

निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेद्वारा प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, मङ्सिर ५ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सोमबार निर्वाचन आयोगको कार्यालयमा भएको भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो ।

राज्यमन्त्री ताकेइले नेपालमा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गर्नुभयो भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति थियो ।