चङ्खेली गाउँपालिका –५ को डाँफे मावि मतदान केन्द्रको एक समूहले मतपेटिका फुुटाएको छ । युुवाहरुको दुुई समुहबीच झडप हुँदा मतदानका लागि राखिएको मतपेटिका फुटाइएको प्रहरीले जनाएको छ ।
जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोमा मतदान गरेर निस्किनुभएको बिजुलीकोको दुसिम निवासी ७१ वर्षीय ठगबहादुर सुनुवारको ज्यान गएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको मितिमा चुनाव भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ । हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन । पाँच जिल्लामा हवाई फायर भएको हो । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्दीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
एक सय १ वर्ष उमेरकी ज्येष्ठ नागरिक हर्कमाया अधिकारीले मतदान गर्नुभएको छ ।
बाजुराको स्वामिकार्तिक–१ भगवती आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा मतपेटिकामा आगजनी भएको छ । मत हाल्ने विषयलाई लिएर कार्यकर्ताबीच झडप भएको बेला समानुपातीको मतपेटिकामा आगजनी भएको हो ।
सर्केगार्ड गाउँपालिका –१ को जैर गाउँको सरस्वती मावि मतदान केन्द्रको मतदान कार्य स्थगित भएको छ । वारेसमा मत खसाल्ने विषयलाई दुई पक्षबीच विवाद भएपछि मतदान कार्य स्थगित गरिएको हो ।
सडकमा निर्वाचन आयोगको मापदण्ड अनुसार अनुमति प्राप्त सवारी साधन मात्र देखिएका थिए ।
साहित्यकार झमक घिमिरेले धनकुटा –६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । शारीरिक अवस्था जटिल रहेको उहाँलाई अटोमा राखेर मतदान केन्द्रसम्म लगिएको थियो ।
प्रतिनिधि सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा जलेश्वर कारागारका २६ जना कैदिबन्दिले मतदान गर्नुभएको छ ।
टोलीका प्रभावशाली स्ट्राइकर करिम बेन्जेमा टोलीबाट बाहिरिएपछि साबिक विजेता फ्रान्सलाई कतार विश्वकपमा ठूलो धक्का लाग्ने भएको छ ।
जिल्लाको कपिलवस्तु कारागारका कैदी बन्दीले मतदान गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत भइरहेको निर्वाचनमा कारागारका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन्।
गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ ।
झापाका दुई वटा मतदास्थलमा सुतली बम पड्काएर निर्वाचन प्रभावित पार्न खोजेपछि जिल्लास्थित सबै मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । झापा दमकस्थित हिमावि मतदान केन्द्रमा विहान साढे १० बजे र झापा गाउँपालिकाको वडा नं. २ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा विहान साढे ९ बजे बम विस्फोट भएको थियो ।