• १३ असोज २०८१, आइतबार

अमेरिकाको रात्रि क्लबमा गोली चल्दा पाँचको मृत्यु, १८ घाइते

blog

लस एन्जलस, मङ्सिर ४ गते । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घटना राति ११ः५७ बजे भएको थियो । उक्त क्लबस्थिर सहर राज्यकै दोस्रो–सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । रासस/सिन्ह्वा