• १३ असोज २०८१, आइतबार

आयोगको पत्रकार सम्मेलन ७ : ५० बजे

मतदानको समय अवधि सकियो : केही केन्द्रमा मतदान जारी

blog

काठमाडौं, मङ्सिर ४ गते। निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ। 

विभिन्न मतदानकेन्द्रमा विविध कारणले ढिला मतदान सुरु भएको, विवाद हुँदा सहमति कायम गर्न समय लागेको र कतिपय मतदान केन्द्रमा झडप हुँदा मतदान कार्य बीचमा रोकिएर पुनः सुरु भएकाले विभिन्न मतदान केन्द्रमा अहिले मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान अधिकृतले तोकेको मतदान केन्द्रको क्षेत्रभित्र प्रवेश गरेका मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन्।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५ बजेसम्म मतदान अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने बताउनुभयो ।

देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र कायम गरिएका थिए। निर्वाचन आयोगका अनुसार १४१ अस्थायी मतदानस्थलमा भने शत प्रतिशत मतदान भएको छ। 

आयोगले साँझ ७:५० बजे पत्रकार सम्मेलन गरेर मतदानको विषयमा जानकारी दिने तयारी गरेको छ ।