• १२ असोज २०८१, शनिबार

धनकुटामा १०१ वर्षीया ज्येष्ठ नागरिकद्वारा मतदान

blog

एक सय १ वर्ष उमेरकी ज्येष्ठ नागरिक हर्कमाया अधिकारीलाई बोकेर मतदानस्थलतर्फ लैजाँदै स्थानीय । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे 

हिले, मङ्सिर ४ गते । एक सय १ वर्ष उमेरकी ज्येष्ठ नागरिक हर्कमाया अधिकारीले मतदान गर्नुभएको छ । 

धनकुटा नगरपालिका वडा नम्बर १० सिद्धदेवी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो । बिहान करिब ८ बजेतिर  मतदान गरेको स्थानीय बलराम दाहालले जानकारी दिनुभयो। 

शारीरिक रुपमा अशक्त उहाँलाई परिवारका अन्य सदस्यले स्ट्रेचरमा बोकेर मतदान स्थल ल्याएका थिए।