• १३ असोज २०८१, आइतबार

देशभर शान्तिपूर्ण मतदान : १५ वटा केन्द्रमा मतदान कार्य रोकियो

blog

झडप हुँदा स्थगित भएको बाजुराको नन्देश्वरी माविमा रहेको मतदान केन्द्र । तस्बिर : शेरबहादुर सार्की,बाजुरा

काठमाडौं, मङ्सिर ४ गते। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। 

निर्वाचन आयोगका अनुसार आइतबार दिउँसो साढे ३ बजेसम्म शान्तिपूर्ण मतदान भएको जनाइएको छ। आयोगका अनुसार विवाद हुँदा देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। आयोगले रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको जनाएको छ।