प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाकाे आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो ।
शेरबहादुर सार्कीबाजुरा, मङसिर ४ गते । बाजुरामा शान्त वातावरणमा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरूले शान्त वातावरणमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । आज भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले कात्तिक २९ गतेबाट निर्वाचन सामग्री रुजु गर्दै कर्मचारीहरूलाई मतदान स्थलमा पठाएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।बाजुरामा ७० वटा मतदान स्थल र ११२ मतदान केन्द्र र २ वटा अस्थायी केन्द्र अहिले शान्तपूर्णरुपमा मतदान सुरु भएको छ । सो मतदान केन्द्रमा अहिले ९०१ जना कर्मचारीसमेत खटाएका छन् । आजको निर्वाचनमा महिला ४० हजार ८३८ र पुरुष ४२ हजार ७२७ गरी ८३ हजार ५६७ जना मतदाताले मतदान गर्न पाउने छन् ।बाजुरामा जङ्गबहादुर गिरी स्वतन्त्र टेक बहादुर बडुवाल जन समाजवादी राम बहादुर शाही, नेकपा एमालेका कर्ण बहादुर थापा र नेपाली कांग्रेसका पार्टीका बद्रीप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यका उमेदवार रहेका छन् । भने प्रदेश (क) नेकपा एमालेका बलदेव रेग्मी नेकपा नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बि.क. एकीकृत समाजवादी पाटीका नरेश शाही उम्मेदवार रहेका छन् । प्रदेश (ख) बाट नेकपा एमालेका लालबहादुर थापा नेपाली काँग्रेसका पदम बहादुर शाही उम्मेदवार रहेका छन् । चुनावलाई सभ्य र भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको समेत व्यवस्था गरेको छ, अहिले जिल्ला सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएको छ ।
आफ्नो मताधिकार प्रयोग गरी योग्य उम्मेदवारलाई छनाेट गर्न निर्वाचन आयुक्त इश्वरप्रसाद पौड्यालले आग्रह गर्नुभएको छ । लोकतन्त्रमा मतदानबाट मात्र नेतृत्व र विधि पद्धतिको चयन हुने भएकाले मतदान प्रमुख भएको भन्दै निर्धक्क भएर योग्य उम्मेदवार छनौट गर्न उहाँले बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नं. ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका वडा नं. ७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।
राधाकृष्ण डुम्रेवालिङ, मङ्सिर ४ गते । नेपाली काँग्रेसका उपसभापति तथा स्याङ्जा -२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएको छ । गुरुङले स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो । गुरुङले आफैँलाई भने मतदान गर्न पाउनु भएन । उहाँले मतदान गरेको क्षेत्र १ नं हो भने उहाँ २ नम्बरको उम्मेदवार हुनुहुन्छ ।
संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देशमा आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।
निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिकास्थित अनामनगरको मिलन विद्यामन्दिर स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
कतारमा हुने यो विश्वकप धेरै मानेमा विशेष छ। हिउँदयाममा आयोजना हुने यो पहिलो विश्वकप हुने छ। इस्वी संवत् वर्षको मध्य समयमा हुने गरेको विश्वकप कतारको प्रचण्ड गर्मीका कारणले त्यस अवधिमा हुन नसक्ने भएका कारण फिफाले हिउँदमा विश्वकप सञ्चालन गर्ने निर्णय लिनु परेको थियो। मध्यपूर्व क्षेत्रमा अवस्थित कतारमा धेरै गर्मी हुने गर्छ। गर्मीयाममा यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्नुलाई अचम्म मानिँदैन। यस्तो विषम परिस्थितिबीच विश्वकप परम्परागत समयमा आयोजना सम्पन्न गर्ने सम्भव नदेखिँदा कतारले आफूले पाएको आयोजना अधिकारसमेत गुमाउने अवस्था सिर्जना भएको थियो। तर कतारले हिउँदमा आयोजना गर्ने प्रस्ताव राख्यो र सबै रङ्गशालालाई वातानुकूलित बनाउने प्रतिबद्धता जाहेर गरेपछि फिफा आयोजक परिवर्तन गर्ने विचारबाट पछाडि हट्यो।
बेलिना थापालमजुङ, मङ्सिर ४ गते । लमजुङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतदान शान्त रूपमा हुँदैछ । आठ स्थानीय तहका एक सय ३० मतदान स्थलका एक सय ८८ मतदान केन्द्रबाट मतदान कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले शान्तरूपमा मतदान कार्य भइरहेको बताउनुभयो । लमजुङका सबै मतदान केन्द्रमा मतदान भइरहेको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो।लमजुङमा एक लाख ३३ हजार ५ सय ५९ जना मतदाता छन् ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले काठमाडौं नागार्जुन वडा नं. २ स्थित रेडमडिल स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
मकवानपुरको निर्वाचन क्षेत्र नं २ को हेटौंडा उपमहानगरपालिका वडा नं १ रोपवेस्थित मतदान केन्द्रको चहलपहल ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ वटा शङ्कास्पद वस्तु भेटिएपछि डिस्पोज गरिएको छ । देशका विभिन्न ठाउँमा फेला परेका ३४ शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको हो ।
काठमाडौं जिल्ला क्षेत्र नं. ५ को जोरपाटी चामुण्डा स्कुलमा शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरू मतदान गर्नुहुँदै ।