प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्नुहुने भएको छ । गन्यापधुरा–१, रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट उहाँले मतदान गर्नुहुने छ । उहाँले आइतबार बिहान ९ बजे मतदान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुहुने छ ।
सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ। यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ। प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल चितवन आउनुभएको छ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुग्नुभएको हो ।
नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रूपन्देहीमा मतदानको तयारी पूरा भएको छ ।
धनकुटामा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
आइतबार हुने मतदानका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रको मतदानस्थलको सम्पूर्ण तयारी पूरा भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ।
सप्तरीको दुईओटा मतदान केन्द्रको मतदान प्रक्रियाको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारी तथा महिला सुरक्षाकर्मीलाई दिइएको छ।
शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोस्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ। भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो हुनुभएको हो ।
विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकप २०२२ को विषयमा कतारमा यसअघि आप्रवासी कामदारको विषयमा पश्चिमा मिडियाले उठाएको एकोहोरो आलोचना केवल ‘फन्डा’ मात्र भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ।
आइतबार हुने संघीय निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीमा मतदान गर्नुहुने छ।
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्ने युवा उत्साहित देखिएका छन् । घोडाघोडी नगरपालिका –४ माघीका १८ वर्षीय सञ्जय चौधरीले आइतबार पहिलो पटक मतदान गर्दै हुनुहुन्छ ।