• १३ साउन २०८१, आइतबार

आइतबार हुने मतदानको तयारी सम्पन्न

blog

धनुषा क्षेत्र नम्बर ४ मा पर्ने मतदानस्थल। तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर ३ गते। आइतबार हुने मतदानका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रको मतदानस्थलको सम्पूर्ण तयारी पूरा भएको छ। 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मतदानस्थलको अन्तिम तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो। 

जिल्लाको चारवटै निर्वाचन क्षेत्रका ३२२ मतदान स्थलमा ६०५ वटा मतदान केन्द्रमा ४ हजार ८४० कर्मचारी कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी जानकारी दिनुभयो। प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीसहित आठ जना कर्मचारी खटाइएको उहाँले भन्नुभयो। 

कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित मतदानस्थलमा पुगिसकेको छ।  निर्वाचनका लागि चाहिने आवश्यक ५२ प्रकारका सामग्री प्रहरीको सुरक्षामा मतदानस्थलमा सुरक्षित राखिएको र मतदान केन्द्र निर्माणको कार्यसमेत सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनुभयो।  

धनुषाका ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ सामान्य मतदान स्थल रहेका छन्। यस्तै निर्वाचन सुरक्षाका लागि धनुषामा ६ हजार सुरक्षाकर्मी खटिएका छन्। चार निर्वाचन क्षेत्र रहेको धनुषा जिल्लामा दुई लाख ५२ हजार ९१५ पुरुष, दुई लाख २१ हजार ६६५ महिला र अन्य ७ गरेर कुल चार लाख ७४ हजार ५८७ जना मतदाता छन्।