• १३ साउन २०८१, आइतबार

सप्तरीका दुई मतदान केन्द्र महिला कर्मचारीको जिम्मेवारीमा

blog

तयारी पूरा भएकाे मतदानस्थल। तस्बिर : ललिता साह

ललिता साह

सप्तरी, मङ्सिर ३ गते। सप्तरीको दुईओटा मतदान केन्द्रको मतदान प्रक्रियाको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारी तथा महिला सुरक्षाकर्मीलाई दिइएको छ। 

राजविराज नगरपालिका ७ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयभित्र राखिँदै आएको  “क” र “ख” मतदान केन्द्रमा मतदान अधिकृतसहित २४ जना कर्मचारी तथा १० सुरक्षाकर्मी महिला गरेर जम्मा ३४ जना महिला जनशक्तिले मतदान गराउने तय गरिएको मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ। 

सरकारी वकिल कार्यालय सप्तरीका अधिकृत निशा कुसुम पौडेल र गङ्गा सुनुवारले क्रमशः : उक्त दुईवटै मतदान केन्द्रको मतदान अधिकृतको जिम्मेवारी पाउनुभएको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो।

दुई मतदान केन्द्र “क” र “ख” मा गरेर कुल एक हजार पाँच सय ५७ मतदाता छन्। जिल्लाभरमा कुल पाँच सय ३६ मतदान केन्द्र कायम गरिएको छ। जसमध्ये यी दुईबाहेक एक दर्जन भन्दा बढी मतदान केन्द्रको मतदान अधिकृतमा महिलाको नियुक्ति रहेको मुख्य निर्वाचन कार्यालयका सहायक मतदान अधिकृत कुमार मास्केले जानकारी दिनुभयो।