• १२ असोज २०८१, शनिबार

धनकुटामा निर्वाचनको तयारी

blog

धनकुटाको त्रिवेणी माध्यमिक विद्यालयमा निर्माण गरिएको मतदान केन्द्र।

कबिराज घिमिरे 

हिले, मङ्सिर ३ गते। धनकुटामा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  आइतबार बिहान ७ बजेबाट मतदान कार्य सुरु गर्नेगरी तयारी पूरा भएको कार्यालयका सूचना अधिकारी राजन बास्तोलाले जानकारी दिनुभयो। 

धनकुटामा एक सय १९ मतदानस्थल अन्तरगत १६४ मतदान केन्द्रको तयारी पूरा भएको हो। सबै मतदान केन्द्रमा महिला पुरुष र अन्य गरेर तीन लाइनको व्यवस्था गरिएको छ। अन्यमा ज्येष्ठ नागरिक, अपाङ्ग र बिरामीलाई प्राथमिकता दिइने धनकुटाका मुख्य निर्वाचन अधिकृत योगेन्द्रप्रसाद शाहले जानकारी दिनुभयो। 

जिल्लाका १६४ मतदान केन्द्रमा एक हजार तीन सय चार कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो। 

जिल्लाका एक सय १९ मतदान स्थलमध्ये १६ अति संवेदनशील, ४९ संवेदनशील र ५४ सामान्य भनेर वर्गीकरण गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो।