कर कट्टी मूल्य अभिवृद्धि कर (मूअक)को सबभन्दा महìवपूर्ण पक्ष हो; जसको आधारमा मूअकलाई सुधारिएको बिक्री करका रूपमा हेरिन्छ। यस करअन्तर्गत करदाताले आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित खरिद तथा पैठारीमा तिरेको कर बिक्रीमा असुल गरेको करबाट कट्टी गर्न पाउँछ। यसले गर्दा करदाताको लगानीमा करको भार पर्दैन र कर आर्थिक दृष्टिकोणले सक्षम मानिन्छ। यसले गर्दा मूअकलाई आर्थिक समृद्धि उन्मुख करका रूपमा पनि हेरिन्छ र यो कर विश्वभर फैलिएको छ। नेपालले पनि मुलुकको विकास गर्न आवश्यक अत्यधिक राजस्व न्यूनतम लागतमा सङ्कलन गर्ने उद्देश्यले वि.सं. २०५४ मङ्सिर १ गते मूअक लागू गरेको थियो र हाल यो कर लागू भएको २५ वर्ष पुगेको छ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने भरतपुर महानगरपालिका वडा नं. ११ का मतदाता उत्साहित भएर बिहान ५ः३० बजे देखिनै लाइनमा बसेका छन् ।
समाज विकासको मेरुदण्ड हो शिक्षा। सुव्यवस्थित, मर्यादित र अनुशासित समाजका लागि शिक्षा नै पहिलो प्राथमिकता हो। नागरिकको हक सुरक्षित गर्दै हरेक नागरिकलाई समाजप्रति उत्तरदायी बनाएर आदर्श समाजको परिकल्पना असल र व्यावहारिक शिक्षाबिना सम्भव छैन । सबैलाई समान व्यवहार गर्दै म को सट्टा हामीको अवधारण विकास गर्ने सोच र चिन्तन हो समाजवाद। प्रतिस्पर्धा नभई एक अर्काप्रतिको आदर, विश्वास र सहयोगबाट सफलताको उचाइमा सँगै पुग्ने यात्रा हो समाजवादी यात्रा। व्यावहारिक तथा सीपमूलक शिक्षाबिना र शिक्षालाई सीप र श्रमसँग नजोडी समाजवादको यात्रा अघि बढ्न सक्दैन।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा भाग लिई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ । उहाँले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्न आह्वान गर्नुभएको हो । निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन निर्वाचन आयोग दृढ सङ्कल्पित रहेकाले सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुने विश्वास व्यक्त गर्दछ ।”
देशभरका १२ हजार निर्माण आयोजनामा काम गरिरहेका झन्डै १५ लाख कामदारमध्ये अधिकांश मतदान गर्न घर फर्किएका छन् । निर्वाचनको एकहप्ता अघिदेखि नै मजदुर घर फर्किएको निर्माण व्यवसायी महासङ्घले जनाएको छ । मजदुरहरू मतदान गर्न गएपछि अधिकांश निर्माण आयोजनाको काम प्रभावित भएको छ । आयोजना स्थलभन्दा जिल्लाबाहिरका मजदुहरू बढी भएकाले चाँडै नै बिदा दिनुपर्ने महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण आयोजनामा देशभर १५ लाखको हाराहारीमा मजदुर हुनुहुन्छ । चुनावमा जाने भनेपछि रोक्ने कुरै भएन, एकहप्ता अघि र चुनावपछि पनि १०/१२ दिन फर्किन लाग्छ नै अहिले निर्माणका काम रोकिएका छन् ।”
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्नुहुने भएको छ । गन्यापधुरा–१, रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट उहाँले मतदान गर्नुहुने छ । उहाँले आइतबार बिहान ९ बजे मतदान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुहुने छ ।
सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ। यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ। प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल चितवन आउनुभएको छ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुग्नुभएको हो ।
नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रूपन्देहीमा मतदानको तयारी पूरा भएको छ ।
धनकुटामा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
आइतबार हुने मतदानका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रको मतदानस्थलको सम्पूर्ण तयारी पूरा भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ।
सप्तरीको दुईओटा मतदान केन्द्रको मतदान प्रक्रियाको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारी तथा महिला सुरक्षाकर्मीलाई दिइएको छ।