• १२ साउन २०८१, शनिबार

मतदान गर्न बिहान ५ः३० देखिनै लाम

blog

चितवन, मङ्सिर, ४ गते । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने भरतपुर महानगरपालिका वडा नं. ११ का मतदाता उत्साहित भएर बिहान ५ः३० बजे देखिनै लाइनमा बसेका छन् । 

भरतपुर वडा नं. ११ को नयाँ किरण माध्यमिक विद्यालय स्थलमा मतदान गर्न लाइनमा बसेका छन् । बिहानै मतदान गरेर आफ्नो जिम्मेवारी पूरा गरिदिने भन्दै लाइनमा बसेको बताएका छन् । मतदान भने बिहान ७ बजेबाट सुरु हुँदै छ । 

मतदान केन्द्रहरूमा बिहानदेखि मतदाताको चहलपहल भएको र जिल्लाका सबै मतदान केन्द्रमा बिहानबाट तयारी थालेको मतदान अधिकृतहरूले जनाएका छन् । 

Author

शालिग्राम नेपाल