खोटाङमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभएको छ। मतदान स्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री लिएर बिहीबार पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले मदिरा, हातहतियार, चुनावी प्रचारप्रसार र शान्ति भङ्ग गर्न निषेध सम्बन्धी सूचना टाँसेका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदान स्थलको ‘ख’ मतदान केन्द्रका सहायक मतदान अधिकृत इरन राईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर आचारसंहिता निर्माण गर्ने कार्य भएको छ। यस्तै मतदान स्थलमा प्रवेशद्वार निर्माण र कर्मचारी परिचयपत्र बनाउने काम भएको उहाँले बताउनुभयो।
त्रेता युगमा सीता र रामबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवको तयारी तीव्र रूपले भइरहेको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सिताबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको हो ।
तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ ५६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कुल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेछ । विद्युत् गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा ४७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिनुभयो । बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अगाडि बढाइनेछ । उहाँले भन्नुभयो, “आयोजनाले चौबीसै घण्टा निर्माण कार्यलाई अगाडि बढाएको छ ।” प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत् गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ ।
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत दक्षिण कोरिया रोजगारीका लागि लिइएको भाषा परीक्षाको उत्पादनतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ। दक्षिण कोरिया सरकार मानव संसाधन विभाग (एचआरडी)ले उत्पादनतर्फको दोस्रो चरणका लागि दिएको भाषा परीक्षाको नजिता शुक्रबार सार्वजनिक गरेको हो।
चर्को हवाई भाडा भए पनि यतिबेला हुम्ला भित्रिने यात्रुको सङ्ख्या भने वृद्धि भएको छ। मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मत खसाल्न घर आउने मतदाताका कारण जिल्लामा भित्रिने यात्रुको सङ्ख्या वृद्धि भएको हो।
भरतपुर महानगरपालिकाको दुई स्थानमा बम लेखिएको शङ्कास्पद वस्तु फेला परेको छ ।
नीलकाँडा, केत्तुके–सिउँडी, सिस्नु झाङ्गिएको ठाउँ नजिकै भग्नावशेष मन्दिरको छेउमा एक थोत्रो पाटी छ, त्यसकै पेटीमा ध्यानमग्न जस्तो लाग्ने, तपस्वी जस्तो देखिने चिन्तक, दार्शनिक जस्तो अनुभूत हुने
महँगो भएछ बजार खुद्रा यहाँ चल्दै चलेन मोटो गोजी नहुनेहरूको चुलो बल्दै बलेन । मल भित्र्याउने बेला पद जोगाउन चटारो थियो त्यसैले यो वर्ष पनि बाली सोचेझैँ फल्दै फलेन ।
राष्ट्रिय विभूति (नेसनल पायोनियर) को सन्दर्भ र परिचर्चा कुनै पनि देशको गौरवशाली यथार्थ हो । पृथक् थलो, राज्य र परिवेशमा समय समयमा के कस्ता मान्छे जन्मे तथा अन्य के कस्ता छन्, विषयगत र विधागत रूपमा त्यससम्बन्धी प्रसङ्ग विशिष्ट एवं श्रवणीय हुने गर्छ । राष्ट्रिय र सामाजिक जीवनको विविधाङ्गी मानवीय क्रियाकलाप विश्लेष्य मानिन्छ । राजनीतिक, सामाजिक र सांस्कृतिक जीवन गत्यात्मक हुन्छ तथा अनेकानेक पद्धति एवं प्रवृत्ति (एट्टिचुड) ले ऐतिहासिक अंश र एकाइको निर्माण गर्छ । जीवन प्रणालीमा समुदाय, समाज, राज्य र अन्तरबाह्य पक्षको विश्लेषण हुन्छ । महापुरुष र अद्वितीय प्रतिभा कुनै पनि ठाउँमा सीमित जन्मिने र देखिने हुन्छ । वस्तुतः प्रवृत्तिसापेक्ष, संस्कृतिसापेक्ष, समयसापेक्ष र मानवतासापेक्ष तिनको आविर्भाव हुन्छ । यस क्रममा उत्तर आधुनिकतावाद (पोस्ट मोर्डनिज्म) को वैचारिक मन्थनले नेपालमा दिशा चिन्तनको नवीनता थपेको यथार्थ हो ।
सन् २०३० भन्दा अगावै नेपालले थुप्रै ठूला जलविद्युत् परियोजना तयार गरिसक्नेछ भने १० हजार मेगावाट स्वच्छ ऊर्जा निकाल्न सक्ने हैसियत बनाइसक्नेछ जुन अर्को १० वर्षमा दोब्बर हुनेछ । सन् २०५१ मा प्रवेश गर्नु अगावै हाम्रा ऊर्जाका स्रोत विस्तार हुँदै जान सक्नेछ जसमध्ये सूर्यको तापबाट उत्पन्न हुने विद्युत् मुलुकको कुल स्वच्छ ऊर्जाको एक चौथाइ भाग ओगट्ने छ .......। (पृष्ठ ४३७)
टेकेको छु, एथेन्सको धरतीमा । ठिङ्ग उभिएको छु, छब्बीस सय वर्ष पुरानो रङ्गशालाअगाडि । नजर दौडाइरहेछु, आधुनिक ओलम्पिक खेल सुरु भएको रङ्गशालामा । घरि आँखा ठोकिन्छन् रङ्गशालाको ठीक अगाडिको व्यस्त सडकमा । त्यहाँ देखिरहेछु म्याराथुन धावकझैँ दौडिरहेका गाडीका ताँती ।
सभा चलिरहेको थियो । एक जना मानिस उठे र भन्न थाले– इन्जिनियरिङ आचारसंहिताले खिया लागेको डण्डी प्रयोग गर्नु हुँदैन भन्छ । मैले काठमाडौँ उपत्यकाभरि प्रायः पसल घुमेर सफा डण्डी खोजेँ तर कहीँ पाइएन, के गर्ने ? यसको जावाफमा विद्वान्ले भने– तारब्रसले सफा गरिदिनू । फेरि अर्का विद्वान्ले टोरकारी–साकारी डण्डीको गुणस्तरीयता र सावधानीबारे भन्न थाले– यो डण्डी धेरै बलियो छ तर ढलानभित्र सानो–सानो चिरा मात्र भयो भने त्यो चिरामार्फत जलयुक्त हावा प्रवेश भई सफा डण्डी पनि चाँडै खियायुक्त हुन जान्छ ।
म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारीमुक्त गरेको छ। जिल्लाको धौलागिरि गाउँपालिका–५, मलमपारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नवीन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान अधिृकत कार्कीले प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार श्रेष्ठलाई जिताउन अपिल गरिएको डिजिटल पोस्टर आफ्नो फेसबुकमा सेयर गर्नुभएको भन्दै नेकपा (माओवादी केन्द्र)का ज्ञानेन्द्र सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो। उजुरीको
सहमाया विक हरेक निर्वाचनमा मत खसाल्नुहुन्छ। पञ्चायतकालदेखि मत खसालेको उहाँलाई सम्झना छ। उहाँको मत भने अहिलेसम्म निर्णायक हुन सकेको छैन। उहाँले खसाएको मतले कसैले जित्न पाएको पनि छैन। रामनगर गाउँकी ६७ वर्षीया विक महोत्तरीको निर्वाचन क्षेत्र नं. १ की मतदाता हुनुहुन्छ। उहाँले स्वास्तिक छाप लगाउनुपर्नेमा ल्याप्चे लगाएर मत खसाल्ने गर्नुभएको छ।
सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।