• १३ असोज २०८१, आइतबार

भरतपुरको दुई स्थानमा कुकर बम फेला

blog

सांकेतिक तस्बिर

चितवन, मङ्सिर, ३ गते । भरतपुर महानगरपालिकाको दुई स्थानमा बम लेखिएको शङ्कास्पद वस्तु फेला परेको छ ।

प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आतङ्कित पार्ने गरी दुई स्थानमा राखिएको बमलाई सुरक्षाकर्मीले निष्क्रिय पारेको छ । पूर्व पश्चिम राजमार्गको आस्था चोक र वाइपास रोडको आँखा अस्पताल अगाडि कुकर बम राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । 

राति १२ बजे राखिएको शङ्कास्पद वस्तुलाई बम डिस्पाेजल टोलीले निष्क्रिय पारेको उहाँले बताउनुभयो । बन्द कुकरमा खतरा लेखिएर विद्युतीय स्विच समेत जडान गरी राखिएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । निर्वाचनलाई लक्षित गरी राखिएको बमलाई निष्क्रिय पारे पनि अवस्था सामान्य भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा यस्ता शङ्कास्पद गतिविधि गर्न नदिनको लागि शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । 

Author

शालिग्राम नेपाल