हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि टाढा रहेका मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी पुगेका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियार र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्त्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ ।
दाङमा उत्पादन भएको सयपत्री फूल बिक्री नहुँदा व्यवसायीहरुले आम्दानीका लागि वैकल्पिक उपाय अपनाएका छन् ।
यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले गस्ती सुरु गरेको छ ।
एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली संयुक्त अरव इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ ।
नेपाल र युएईबीच जारी एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा केही दर्शकलाई प्रहरीले त्रिवि मैदान कीर्तिपुरबाटै पक्राउ गरेको छ ।
नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ ।
स्थिर समय लागू भएसँगै लामो समय निर्वाचनका लागि चहलपहल भएको गाउँघर तथा शहरबस्तीको वातावरण चकमन्न बनेको छ । दलका नेता, कार्यकर्ता घर बाहिर देखिएका छैनन् ।
केही दिनयता झापा दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित बन्नुपरेको छ । दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हम्सेदुम्से सामुदायिक वन आसपासको क्षेत्रमा ११ वटाको सङ्ख्यामा रहेका हात्तीहरूका कारण त्रास पैदा भएको छ ।
मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आ–आफ्नो क्षेत्रका उम्मेदवार चयनका लागि मतदान गर्न जानेको भीड लाग्न थालेको छ । शुक्रवार बिहानै देखि उपत्यकाका विभिन्न नाकाहरूबाट मतदाताहरू बाहिरिनेको भीड लागेको हो ।
वर्षा सुरु भएसँग बन्द गरिएको मेलम्चीको मुहानमा बुधवारबाट माटो र ढुङ्गा पन्छाउन सुरु गरिएको छ । यी काम सम्पन्न गर्न करिब दुई हप्ता लाग्ने बताइएको छ । हाल छ वटा एक्स्काभेटर र छ वटा टिपरले दैनिक रूपमा काम गर्दै आएको छ ।
मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा स्पेन र पोर्चुगल विजयी भएका छन् ।
संयूक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि यूएई ब्याटिङमा उत्रिएको छ ।
नेपालले आज (शुक्रबार) संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेल खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९:०० बजे सुरु हुने खेल नेपाल र यूएई दुवैलाई महत्वपूर्ण छ ।