• १३ असोज २०८१, आइतबार

स्पेन र पोर्चुगल विजयी

blog

जोर्डनविरुद्ध गोल गरेपछि स्पेनका अन्सु फाती । तस्बिर : एएफपी

काठमाडौं, मङ्सिर २ गते । मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा स्पेन र पोर्चुगल विजयी भएका छन् ।

बिहीबार राति भएको खेलमा स्पेनले जोर्डनलाई उसैको मैदानमा ३–१ गोलले हरायो । पोर्चुगलले नाइजेरियामाथि ४-० गोलको फराकिलो जित निकाक्यो । 

स्पेनको जितमा युवा स्टार अन्सु फाती, पाब्लो गाभी र निको विलियम्सले गोल गर्नुभयो । जोर्डनका हम्जा अल डरडोउरले सान्त्वना गोल फर्काउनुभयो ।

स्पेन विश्वकपको समूह ‘ई’ मा छ । यस समूहमा कोस्टारिका, जर्मनी र एीसयाली देश जापान छ । स्पेनले मङ्सिर ७ गते कोस्टारिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

यसैगरी कप्तान क्रिस्टियानो रोनाल्डोविनै मैदानमा उत्रिएको पोर्चुगलको सहज जितमा ब्रुनो फर्नान्डेजले दुई गोल गर्नुभयो । गोन्कालो रामोस र जाआओ मारियोले एक एक गोल थप्नुभयो ।

विश्वकपमा पोर्चुगल समूह  ‘एच’ मा छ । यस समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया छन् । पोर्चुगलले मङ्सिर ८ गते घानासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

बिहीबार राति नै भएको अन्य मैत्रीपूर्ण खेलमा घानाले स्वीट्जरल्यान्डलाई २-० र क्यानडाले जापानलाई २-१ गोलले पराजित गरेको छ । एजेन्सी