राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र राष्ट्रिय व्यावसायिक पहलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षण गर्ने भएका छन् । दुवै संस्थाले छुट्टाछुट्टै विज्ञप्तिमार्फत आसन्न निर्वाचनमा पर्यवेक्षण गर्ने जनाएका छन् । राष्ट्रिय व्यावसायिक पहलले २०७० सालको संविधान सभा निर्वाचनदेखि नै निरन्तर रूपमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको छ । निर्वाचन आयोगबाट आसन्न मङ्सिर ४ गतेको निर्वाचनका लागि पनि निजी क्षेत्रको तर्फबाट पर्यवेक्षण गर्ने अनुमति पाएको छ ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप ० दशमलव ४ र कर्जा १ दशमलव ३ प्रतिशतले मात्रै बढेको देखिएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले नेपालको लोकतन्त्र अझै सङ्कटमा रहेको बताउनुभएको छ।
ताप्लेजुङमा विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको जिल्ला समिति नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ।
मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्था र मतदान स्थलको अवस्था बारे कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र सुरक्षा अधिकारी सहितको टोलीले जानकारी लिएको छ।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारलाई परिचयपत्र दिने भएको छ।
सत्तारूढ दलबीचको गठबन्धनले बहुमत प्राप्त गरेमा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता ६५ वर्षको उमेरमै उपलब्ध गराइने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभएको छ।
पाँचथरमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यहाँका १ सय ७७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित पुगेका कर्मचारीले मतदानस्थलको व्यवस्थापनसँग आवश्यक तयारी थालेका छन्।
कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक विकास राणाको स्वर समेटिएको छ।
मतदान हुने पूर्वसन्ध्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय युवा मोर्चाका केन्द्रीय अध्यक्ष एवं टोखा नगरपालिकाका राप्रपाबाट मेयरका उम्मेदवार सुरज पाण्डेसहित १७५ जना कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले यस पटकको निर्वाचन जितेपछि अर्को पटक उम्मेदवार नबन्ने बताउनुभएको छ । बिहीबार देवचुलीमा भएको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आयोजक नेपाल एपीएम प्रालिका आशिष् महता र नेपालकी इन्दिरा पराजुलीले दोस्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ ।
आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।