हिमाली जिल्ला म्याग्दीमा निर्वाचन पूर्वको आवश्यक तयारी पूरा भएको छ। चुनावका लागि १२० वटा मतदान केन्द्रहरूमा मतदान अधिकृतसहित सुरक्षाकर्मीकाे टोली प्रस्थानको तयारीमा छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत मतदान केन्द्रलाई समावेशी बनाउन आठवटा मतदान केन्द्रमा महिलालाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको छ। जिल्लाको दुर्गम मतदानस्थलमा खटिएको टोली गन्तव्यस्थलतर्फ हिँडिसकेका छन् भने अन्य टोली बुधबारदेखि खटिने जनाइएको छ। धौलागिरि गाउँपालिकाको गुर्जा र मुदी बगर मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली बुधबार नै त्यसतर्फ प्रस्थान गरेको छ।
दाङको राजपुर गाउँपालिका वडा नं ७ को खिड्की नाका निवासी पीताम्बर रानाले अहिलेसम्म उम्मेदवार देख्न पाउनु भएको छैन । जताततै निर्वाचनको माहौल बनिरहँदा दाङका साना नाका रहेका गाउँमा उम्मेदवार मत माग्न पुगेका छैनन् । त्यहाँका मतदाताहरूले उम्मेदवारको अनुहारै नदेखी मतदान गर्नुपरेको गुनासो गर्छन् । पितम्बर राना भन्नुहुन्छ,‘यहाँ कहिल्यै उम्मेदवार आउँदैनन्, निर्वाचनमा उम्मेदवार कोको हुन भनेर नचिनेरै मतदान गर्नुपरेको छ ।
पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि उपयुक्त ल्यान्डफिल्ड साइटको खोजी भइरहेको जनाएको छ। महानगरपालिका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालहरूमा गरिएको हल्लाजस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय भइनसकेको स्पष्ट पार्नुभयो। फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइटको खोजी चुनौतीको विषय भएको बताउँदै प्रमुख आचार्यले अहिलेसम्म विभिन्न सात स्थानको अध्ययन गरिसकेको भए पनि निर्णय भइनसकेको जानकारी दिनुभयो।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र र साना दल, ठूला दलका लागि चुनौती बनिरहेका छन्। दाङ क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नागरिक पार्टीको सशक्त उपस्थितिले ठूला दललाई चुनौती थपिँदै गएको छ। दाङको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको सशक्त उपस्थिति हुँदा क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीको प्रचारप्रसार झनै पृथक् र आकर्षक बन्दै गइरहेको छ। नागरिक उन्मुक्ति पार्टीले दाङ क्षेत्र नं. १ को लमहीमा ¥यालीमार्फत शक्ति प्रदर्शन गरेको छ।
तीन वर्षपहिले त्यो हिम्मत नगरेको भए आज करुणा नेपाली कापी र कलमसँग होइन, छोराछोरीको स्याहारसुसारमै दिन बिताउन बाध्य हुनुहुने थियो। २०७६ साल मङ्सिर ६ गते करुणाको बिहे जुरेको थियो। उमेरले १३ वर्ष पुगेकी र कक्षा ७ पढ्दै गरेकी करुणाको परिवार र दुलाहा पक्षको परिवारले विवाहको लगन जुराइसकेका थिए।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा रहेका राजनीतिक पार्टी आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा व्यस्त छन् । एकै दिन जिल्लाका विभिन्न भूभागमा पुगेर चुनावी सभा र भेटघाटलाई तीव्रता दिँदै आएका छन् । जिल्लामा रहेका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा सत्ता गठबन्धन र नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४, खारा पोखरीगाउँकी ५७ वर्षीया भीमकला खड्कालाई चुनावी माहोलले छोएको छैन । सशस्त्र द्वन्द्वको बेला पति गुमाएकी खड्कालाई घरधन्दाकै चटारो छ । खड्काले भन्नुभयो, “पहिला चुनावको बेला घरघरमा उम्मेदवार, नेता, कार्यकर्ता आउँथे, द्वन्द्वपीडितका लागि धेरै गर्छौं भन्थे । अब त हामी बेवास्तामा परिम्, चुनावी रौनक छैन, गाउँमा ।”
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई उत्सवको रूपमा लिन सबै मतदातासँग अपिल गर्नुभएको छ ।
कलिङ साहित्य महोत्सवले १५ लेखकलाई ‘यशस्वी बुक अवार्ड’ प्रदान गर्ने निर्णय गरेको छ। ‘काठमाडौँ कलिङ लिट्रेचर फेस्टिभल’ले आगामी सेप्टेम्बरमा वार्षिक काठमाडौँ कलिङ साहित्य महोत्सव आयोजना गर्ने र सोही अवसरमा अवार्ड प्रदान गर्ने भएको छ। तीन दिनसम्म आयोजना हुने सो महोत्वसमा लेखकहरूले वार्ता कार्यशाला, बहस, छलफल, प्रत्यक्ष वार्तामा विभिन्न सत्रहरूको आयोजना गर्ने जनाइएको छ। कलिङ साहित्य महोत्सव भारतको प्रमुख साहित्यिक महोत्सवहरूमध्ये एक हो। यस वर्षदेखि कलिङ साहित्य महोत्सवले ‘काठमाडौँमा कलिङ साहित्य महोत्सव’ सुरु गरेको हो।
कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ। आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा कलाकार दौडधुपमा व्यस्त हुनुहुन्छ। गायिका कोमल ओलीले नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी हुनुभएको छ। उहाँ प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागिरहनुभएको छ।
हेलम्बु गाउँपालिका–५ कल्लेरीकी २२ वर्षीया रबिना तामाङलाई आफ्नै नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय निर्वाचनका बेला महोत्तरी एकडारा–२ का १९ वर्षीय मनोज पासवान एकडारा–सम्सी सडकखण्डमा निर्मित ढलमा लडेर घाइते हुनुभयो । परिवारजनले तत्कालै उहाँलाई जलेश्वर अस्पताल लगे । “जलेश्वर अस्पतालमा चिकित्सकले एक्स–रे गराउन लगाए तर समस्या पहिचान नभएपछि बुवाले भारतको सीतामढी लग्नुभयो,” पासवानले भन्नुभयो । तिघ्राको हाड भाँचिएको पहिचानपछि उहाँ छ महिनामा चार पटक सीतामढी पुग्नुप¥यो । बिस्तारै हिँड्नसक्ने अवस्थामा पुगेको बताउँदै पासवानले जिल्ला अस्पतालमा आफ्नो समस्याको पहिचानसमेत हुन नसकेकोमा खिन्न भएको सुनाउनुभयो ।
गुल्मीको इस्मा गाउँपालिका–४ मा अवस्थित कालमुढा भूगोलले विकट गाउँ हो । अग्लो डाँडाको काखमा लहरै ३० घरपरिवार भन्दा बढी जनजाति समुदायको बस्ती छ ।
विश्वको जनसङ्ख्या निरन्तर बढ्दो छ। पृथ्वीमा उपलब्ध साधन र स्रोत तीव्र दोहन गर्ने क्रम रोकिएको छैन। खासगरी औद्योगिक क्रान्तियता पृथ्वीमा उपलब्ध प्राकृतिक साधन र स्रोतमाथि सीमित मानिसको वर्चस्व बढ्यो। दोहन बढ्यो र बढिरहेको छ भने ती साधन र स्रोत उपभोग गर्ने मानिसको सङ्ख्यामा विराम लागेको छैन। विश्व जनसङ्ख्या बढिरहेकै छ। त्यसक्रममा विश्वको जनसङ्ख्या नोभेम्बर १५ (कात्तिक २९ गते ) अर्थात् मङ्गलबार आठ अर्ब पुगेको छ। गएको असार महिनामा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले यही कात्तिक २९ गते विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरेको थियो। सोहीअनुरूप मङ्गलबारदेखि विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको अनुमान गरिएसँगै यो क्षेत्रमा गम्भीर चिन्तन जरुरी भएको छ।
नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको आवधिक निर्वाचन हुँदैछ। नेपाल सरकारले संवत् २०७९ साल मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोकेको छ। तोकिएको समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन निर्वाचन आयोगलाई सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सार्थक सहयोग आवाश्यक हुन्छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाचनमा दल र उम्मेदवारले गर्ने खर्च मितव्ययी र पारदर्शी हुनु जरुरी हुन्छ। गत स्थानीय