प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र सङ्घीयताको रक्षाका लागि गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउनुभएको छ ।
काठमाडौं, कात्तिक ३० गते। नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा जारी छ। बुधबार साँझ ५ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा पनि खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गर्नुभएको थियो। नेपालले केही राम्रो प्रयास गरे पनि गोल गर्न नसकेको हो। घरेलु मैदानमा भएको खेलमा नेपाललाई दर्शककोसमेत साथ रहेको छ।नेपालका कप्तान किरण चेम्जाङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा नेपाल मैदानमा छ।
गृहमन्त्री बालकृष्ण खाणले भैरहवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान दिनसक्ने सहरको रुपमा स्थापित गर्ने बताउनुभएको छ । त्यसका लागि आफू ३० वर्षदेखि काम गर्दैआएको उहाँको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्थायित्व र विकासका लागि गठबन्धनको जित अनिवार्य भएको बताउनुभएको छ।
राज्यबाट भन्सार छुटमा लिएका एम्बुलेन्स, सहकारी र अस्पतालको अभिलेखमा मात्र सीमित भएको पाइएको छ ।
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा सुरु भएको छ । बुधबार साँझ ५ बजे खेल सुरु भएको हो ।
काठमाडौं उपत्यकामा मङ्सिर १ गतेबाट निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले सो निर्णय गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन विकास र आर्थिक क्रान्तिको लागि भएको बताउनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ६२० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको हो ।
नेपाली कांग्रेसका नेता एवम् कैलालीको क्षेत्र नं. ५ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश देउवाले मङ्सिर ४ गतेको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
विश्वकम हेर्नका लागि दर्शकसँग मिडिया हब प्रालिले अतिरिक्त शुल्क लिन पाउने भएको छ ।
दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईमाथि नेपालले तीन विकेटको जित निकालेको छ।
नेपाल रेल सेवा चार दिन बन्द हुने भएको छ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा भोलि बिहीबार मङसिर १ गतेदेखि ४ गतेसम्म सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो ।
दिवाकर पोख्रेलदेउखुरी, कार्तिक ३० गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारी खटनपटनको चटारोमा छन्। निर्वाचन अधिकृतको कार्यालयबाट मतदानस्थल टाढा रहेका क्षेत्रमा मङ्गलबारबाटै निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रतर्फ लागेका छन्।दाङको विकट क्षेत्रमा रहेका मतदानस्थलमा पनि कर्मचारी खटनपटनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।विशेष गरेर दाङको पहाडी क्षेत्र बंगालाचुली क्षेत्र, बबई गाउँपालिका विकट क्षेत्र मानिन्छ।उक्त क्षेत्रमा रहेका मतदानस्थलमा जाने कर्मचारी नियुक्तिपत्र बुझ्नका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा भीडभाड भएको हो।यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खट्ने कर्मचारी पनि निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएका छन्।दाङ जिल्लाभर एक सय ५३ मतदानस्थलमा दुई वटा अस्थायी मतदान केन्द्रसहित जम्मा चार सय ६५ मतदान केन्द्र छन्।जिल्लाभर तीन हजार सात सय ३० कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभयो।दाङको क्षेत्र नम्बर १ मा सुरक्षाकर्मी र स्वयंसेवक कर्मचारीबाहेक एक हजार दुई सय सोह्र कर्मचारी निर्वाचनका लागि खट्नेछन्।दाङको क्षेत्र नम्बर १ मा ५१ मतदानस्थलका एक सय ५२ मतदान केन्द्रमा खट्ने सबै कर्मचारीलाई निर्वाचन सामग्री दिएर काममा पठाइएको हो।
समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ ।