• १३ असोज २०८१, आइतबार

एकदिवसीय सिरिज : नेपालसँग यूएई तीन विकटले पराजित

blog

त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल । तस्बिर : नेपाल क्रिकेट सङ्घ

काठमाडौं, कात्तिक ३० गते।  दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईमाथि नेपालले तीन विकेटको जित निकालेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो। नेपाललाई सिरिज जोगाउन आजको खेल जित्नैपर्ने दबाब थियो। यो जितसँगै नेपाल र यूएईले १-१ अङ्क बनाएका छन्। सिरिजको अन्तिम अर्थात् युएई र नेपालबीचको तेस्रो खेल शुक्रबार हुनेछ।

बुधबार टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले नेपाललाई जितका लागि एक सय ९२ रनको चुनौती दिएको थियो। यूएईले दिएको चुनौती नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो। 

नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रन बनाउनुभयो। आरिफ शेख ३३, कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्लले २६  रन बनाउँदा सोमपाल कामीले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन जोड्नुभयो। नेपालका कप्तान रोहित पौडेलले आठ रन मात्र बनाउनुभयो। यूएईका रोहन मुस्तफा तीन, हजरत बिलालले दुई विकेट लिँदा बसिल हामिदले १ विकेट लिनुभयो।

पहिले ब्याटिङ गरेको यूएर्ईका लागि मुहम्मद वासिम ५० रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो। अलिशन शराफुले ३५, भित्य अरबिन्द २५, बसिल हामिदले २४ रन बनाउँदा कप्तान सीपी रिजवानले २२ रन जोड्नुभएको थियो। यूएईलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले तीनतीन विकेट लिनुभयो भने दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा र कुशल भुर्तेलले एकएक विकेट लिनुभयो।