• ३० फागुन २०८२, शनिबार

टमटालाइे चैतन्य खेलकुद साधना पुरस्कार

blog

पुरस्कार ग्रहण गर्नुहुँदै प्रशिक्षक जगत टमटा ।

अविनाश चौधरी

धनगढी, फागुन ३० गते । क्रिकेट प्रशिक्षक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत टमटालाई ५० हजार रुपियाँ राशिको चैतन्य खेलकुद साधना पुरस्कार प्रदान गरिएको छ । 

आफ्नो २५ औं वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसर पारेर धनगढीमा रहेको चैतन्य पाठशालाले आज उहाँलाई सो पुरस्कार प्रदान गरेको हो । टमटाले खेलकुद क्षेत्रमा पुर्‍याउनू भएको योगदानको कदर गर्दै प्रशिक्षक टमटालाई चैतन्य खेलकुद साधना पुरस्कार प्रदान गरिएको विद्यालयका कार्यकारी प्रमुख गणेशप्रसाद जोशीले जानकारी दिनुभयो । 

प्रशिक्षक टमटा लामो समयदेखि क्रिकेट खेलको विकास, खेलाडी उत्पादन तथा खेल संस्कृतिको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनू भएको छ । विशेष गरी सुदूरपश्चिम क्षेत्रमा क्रिकेट खेललाई लोकप्रिय बनाउने, नयाँ प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिने तथा उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन प्रेरित गर्ने कार्यमा उहाँको उल्लेखनीय भूमिका रहेको विद्यालयका प्रधानाध्यापक प्रेमनिधि ओझाले बताउनुभयो ।