• १३ असोज २०८१, आइतबार

भैरहवालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउँछु : गृहमन्त्री खाण

blog

गृहमन्त्री बालकृष्ण खाण भैरहवामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे

लुुम्बिनी, कात्तिक ३० गते । गृहमन्त्री बालकृष्ण खाणले भैरहवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान दिनसक्ने सहरको रुपमा स्थापित गर्ने बताउनुभएको छ । त्यसका लागि आफू ३० वर्षदेखि काम गर्दैआएको उहाँको भनाइ छ । 

‘पछिल्ला पाँच वर्ष भैरहवा र आसपासको क्षेत्रको विकासमा अधिकांश समय बिताएँ’ गृहमन्त्री खाणले बुधबार यहाँ आयोजित कार्यक्रममा भन्नुुभयो, ‘पार्टी र सरकारी जिम्मेवारीका कारण भैरहवामा बस्न पाएको छैन, सातामा दुई–तीन पटक यहाँका गतिविधिमा सहभागी हुँदैआएको छु ।’ 

भैरहवा र आसपास क्षेत्रमा अहिले सञ्चालनमा रहेका आयोजनालाई पूर्णता प्रदान गरेर आधुनिक र सुरक्षित सहर बनाउन आफ्नो कार्यकालका अधिकांश समय बिताउने खाणले प्रतिबद्धता व्यक्त गर्नुुभयो । गृहमन्त्री खाणले नागरिकको अवस्था बदल्न पाँच दलीय गठबन्धन बनेको चर्चा गर्नुभयो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानलाई आर्थिक केन्द्रका रुपमा विकास गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुुभयो, ‘छिट्टै कार्गो उडान थपिने छन्, जसले रुपन्देहीका उत्पादन विश्वभर पुग्नेछन ।’ निर्वाचन सकिएलगत्तै सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्डमा निर्माण गरिने सुरुङ मार्गको शिलान्यास गरिएको उहाँको भनाइ छ ।

चितवनको शक्तिखोरबाट पृथ्वी राजमार्ग जोड्ने गरेर सुरुङ मार्ग निर्माण हुँदैछ उहाँले भन्नुुभयो, ‘यो सुरुङ मार्गले चीनसितको दूरी घटाउनेछ ।’