• १३ असोज २०८१, आइतबार

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको निर्णय

उपत्यकामा मङ्सिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक

blog

काठमाडौं उपत्यका । फाइल तस्बिर

काठमाडौं, कात्तिक ३० गते । काठमाडौं उपत्यकामा मङ्सिर १ गतेबाट निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले सो निर्णय गरेका हुन् । 

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले मङ्सिर १ गते मध्यराति १२ बजेदेखि मङ्सिर ४ को मध्यरातिसम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको  जानकारी दिनुभयो ।

तीन वटै निर्वाचन क्षेत्रका मतगणनास्थल वरिपरि मतगणना सम्पन्न नभएसम्म मदिरा ओसारपसार तथा बिक्री वितरणमा निषेध गरेको सहायक प्रजिअ पन्तले बताउनुभयो ।

त्यस्तै, उपत्यकामा मङ्सिर ४ मा सवारी–साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड बाहेकका सवारी–साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको सहायक प्रजिअ पन्तले जानकारी दिनुभयो ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले मङ्सिर १ र २ मा अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेका छन् ।