सरकारले विदेशी लगानीको सीमा दुई करोड रुपियाँ बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर लगानीको सीमा घटाएको हो। विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपियाँ निर्धारण गरिएको हो। साना विदेशी लगानी नचाहिने भन्दै वैदेशिक लगानीको सीमा पाँच करोड पु-याएको सीमा घटाएर दुई करोड रुपियाँमा झारेको हो। नेपाल सरकार र गैरआवासीय नेपाली संयुक्त लगानीमा स्थापना हुने इन्भेस्टमेन्ट कम्पनीका हकमा भने यो सीमा लागू नहुने कम्पनीले जनाएको छ।
मुलुक यही मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका निम्ति हरेक तरहले लगभग तयारी अवस्थामा रहेको छ। आउने साताको पहिलो दिन नै देशभरि एकै चरणमा निर्वाचन हुँदैछ। यो आवधिक निर्वाचन लोकतान्त्रिक सुदृढीकरणको अभियान कोसेढुङ्गा हो। यसैबाट मुलुकले आगामी पाँच वर्षसम्मका लागि सुदृढ र सबल जनप्रतिनिधि पाउनेछ। विधायकले नै देशको कार्यकारी नेतृत्व निर्वाचित गर्नेछन्। यस निर्वाचनसँग मुलुकको भविष्य जोडिएको छ। त्यसैले निर्वाचनसँग प्रत्येक नागरिकको ठूलो अपेक्षा छ। निर्वाचित प्रतिनिधिप्रति भरोसा गर्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो।
जनताको अभिमतको व्यवस्थापनबाट लोकतन्त्र सुदृढ बनाउन निर्वाचन गर्ने गरिन्छ र आसन्न निर्वाचन नजिकिँदै छ। जनताले पाँच वर्षका लागि आफ्ना जनप्रतिनिधि छान्न आतुर छन्। चुनावको माहोल मतदान गर्ने तयारीमा पुगेको छ। जनताको अपेक्षा र शासकीय प्रभावकारिता बीचमा सन्तुलन कायम गरी जीवनस्तर सुधार गर्न र लोकतन्त्रको लाभ लिन मतदाता मतदान गर्न प्रतीक्षारत छन्। मतदानको व्यवस्थापनका लागि तयारी अवस्थामा राज्य संयन्त्र सक्रिय रहेको छ। आमनिर्वाचनको तयारीको अन्तिम चरणमा रहेको बेला सबैले चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने अपेक्षा गर्नु स्वाभाविक हो। चुनावको माहोल मतदान केन्द्रमा पुगेको अवस्थामा आममतदाताले आफ्नो अभिमतलाई निर्भीकता साथ मतदानबाट व्यक्त गरी शासन र सरकारको स्वरूप निर्धारण गर्ने आधार तय गर्नुपर्छ। जनताको सार्वभौम अधिकारको गोप्य मतदानबाट उपयोग गर्नु र गराउन सबैको सक्रियताको अपेक्षा गरिएको छ।
सामान्यतया परिर्वतनले चालू स्थितिको तुलनामा हुने विचलन वा फरकपनालाई जनाउँछ। परिवर्तन एउटा बिन्दुबाट अर्को बिन्दुतर्फको प्रस्थानको यात्रा हो। परिवर्तनले गतिशीलताको मार्गचित्र तय गर्छ। तसर्थ, परिवर्तनले यथास्थितिबाट सुधारतर्फको यात्राका धारणा प्रस्तुत गर्छ। यथास्थितिको मार्गबाट विकासको खुट्किलासमेत निर्माण गर्नका लागि टेवा पु-याउने गर्छ। यो एक चलायमान अवधारण हो। परिवर्तन सधैँ सकारात्मक हुन्छ भन्ने पनि हुँदैन। कुनै पनि गतिशील समाज, सङ्गठनका लागि परिवर्तन अपरिहार्य तìवको रूपमा रहने गर्छ। तसर्थ, परिवर्तनका लागि आन्तरिक र बाह्य दुई किसिमका शक्ति रहन्छन्। परिवर्तन आमूल र क्रमिक, योजनाबद्ध र प्रतिक्रियात्मक पद्धतिका आधारमा हुने गतिशील तìवका रूपमा लिने गरिन्छ।
दुईवटा सङ्घीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले भूमिसम्बन्धी समस्याको समाधानलाई चुनावको मुख्य एजेन्डा बनाउँदै भोट माग्ने गरेका छन् । यहाँका सबै उम्मेदवारले प्रतिबद्धतापत्र, घोषणपत्र, घरदैलो कार्यक्रम, कोणसभा, आमसभा र मतदाता भेटघाटमा भूमिहीन तथा सुकुम्बासी समस्याको स्थायी समाधान गर्नेमा जोड दिएका छन् ।
१. टी–२० विश्वकप क्रिकेट २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ? इङ्गल्यान्ड – इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै टी–२० विश्वकप क्रिकेट च्याम्पियन बनेको। इङ्गल्यान्ड दोस्रो पटक (यसअघि सन् २०१० मा) टी–२० विश्वकपको उपाधि जित्न सफल भएको। – इङ्गल्यान्डले अस्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै सो उपाधि हात पारेको। – यससँगै इङ्गल्यान्डले वेस्ट इन्डिजले राखेको कीर्तिमानी बराबरी गरेको। हालसम्मका टी–२० विश्वकप क्रिकेट विजेता सन् विजेता उपविजेता २००७ भारत पाकिस्तान २००९ पाकिस्तान श्रीलङ्का २०१० इङ्गल्यान्ड अस्ट्रेलिया
१. नेपाल बीमा प्राधिकरणको परिचय दिँदै नेपालमा बीमा क्षेत्रलाई नियमित र व्यवस्थित गर्न बीमा प्राधिकरणले निर्वाह गर्न सक्ने भूमिका उल्लेख गर्नुहोस्। नेपालमा बीमा व्यवसायको नियमनकारी निकायका रूपमा बीमा ऐन, २०७९ ले नेपाल बीमा प्राधिकरण स्थापना गरेको छ। यो एक अविछिन्न उत्तराधिकारवाला स्वशासित सङ्गठित संस्थाका रूपमा रहेको छ। यसले कानुनी रूपमा व्यक्तिसरह अधिकारको प्रयोग, कर्तव्य निर्वाह र दायित्व ग्रहण गर्न सक्छ। काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय रहने यो निकायले आवश्यकताअनुसार नेपालभित्र वा बाहिर आफ्ना शाखा कार्यालय खोल्न सक्ने व्यवस्था रहेको छ । नेपाल बीमा प्राधिकरणले देहायका भूमिका निर्वाह गरी नेपालको बीमा क्षेत्रलाई नियमित, व्यवस्थित, प्रतिस्पर्धी एवं विश्वसनीय बनाई बीमा क्षेत्रको विकास र विस्तारमा सहयोग गर्न सक्छ।
मङ्सिर ४ गते हुने निर्वाचनमा बाजुरामा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट स्थायी कमिटी सदस्य ५४ वर्षीय कर्णबहादुर थापा र पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका सह महामन्त्री ४८ वर्षीय बद्रीप्रसाद पाण्डे उम्मेदवार रहनु भएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं. ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुग्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुन्नुभयो र गठबन्धनका लागि जनतासँग भोट माग्नुभयो । जनगुनासो सुनिसकेपछि उहाँले भन्नुभयो, “बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा मुख्य समस्या सिँचाइसँगै तटबन्धको छ, यहाँबाट निर्वाचित भएपछि म यिनै कामबाट आफ्नो कार्यकाल सुरु गर्छु ।”
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक कार्य तीव्र गतिमा अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेको बताइएको छ । यस जिल्लामा कात्तिक १८ गतेदेखि जारी मतदाता शिक्षा कार्यक्रम आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । कम्तीमा १५ जना व्यक्तिलाई मतदाता शिक्षा दिनुका साथै एउटा मतदाता शिक्षा सामग्री उपलब्ध गराइएको छ ।
गुल्मीका ग्रामीण क्षेत्रमा महिला आलु खेती गर्न निकै व्यस्त छन्। जिल्लाको मुसीकोट नगरपालिकाका महिला समूहमा आबद्ध भएर आलु खेती गर्न निकै व्यस्त भएका हुन्। मुसीकोट नगरपालिका–७, वामीटक्सारमा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले सामूहिक आलु खेती गर्ने महिलालाई प्रोत्साहन गर्दै आएको हो। उक्त सहकारी संस्थामार्फत वडा नं. ८ मा गठित अमृतपुर आलु तथा अलैँची उत्पादक कृषक समूहले पनि कृषकहरूलाई समूहमा काम गर्न प्रोत्साहन गरेको छ।
दक्षिण कोरियाले नेपालसहित १६ देशसँगको रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता एकै पटक नवीकरण गर्ने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ देशकै एकै पटक गर्ने भएकाले केही ढिलाइ हो।
संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार मङ्गलबारबाट विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ। गत जुलाई ११ तारिखमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको थियो। सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो। विश्व जनसङ्ख्या कोषले चार महिनाअघि सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस् २०२२’ले विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने प्रक्षेपण गरेको छ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि भइरहेको सुरक्षा तयारी र भावी रणनीतिबारे निर्वाचन आयोग र सुरक्षा निकायका उच्च अधिकारीबीच छलफल भएको छ । सङ्घीय तथा प्रदेश तह निर्वाचनको मितिभन्दा छ दिनअघि मङ्गलबार आयोगले सुरक्षा तयारीबारे जानकारी लिएको हो । छलफलका क्रममा निर्वाचन सुरक्षाको तयारी सँगै सम्भावित सुरक्षा चुनौतीको सामना गर्ने गरी भइरहेको तयारी र भावी सुरक्षा रणनीतिबारे आयोगले चासो व्यक्त गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र लेतेमा मौसमबारे जानकारी दिने क्यामरा जडान गर्न लागेको हो । क्यामरा जडानका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । माहुरीडाँडा, कटुका र लेतेमा जडान गरिने मौसमी जानकारी दिने क्यामराको परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।