आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो।
मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ।सोमबार २१.२९ अङ्क बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अङ्कले घटेर १८९७.८६ बिन्दुमा झरेको हो।
बितेका १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुन अघि नै विश्वको जनसङ्ख्या आठ ८ अर्ब पुगेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बचाउनका लागि अहिलेको पाँचदलीय गठबन्धन बनेको बताउनुभएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार बिहान फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेटवार्ता गर्नुभएको छ । विगत तीन वर्षमा दुई पक्षले विभिन्न माध्यमबाट घनिष्ठ सम्बन्ध बनाएको बताइएको छ ।
आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहौल बढ्दै जाँदा राजधानी काठमाडौं भित्रिने र बाहिरिने यात्रुहरूको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको सङ्ख्या शून्य रहेको छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनविरुद्ध गतिविधि गरेको आरोपमा सशस्त्र प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न राजनीतिक दलबाट १४ र आठ स्वतन्त्र उम्मेदवारहरुले प्रतिनिधिसभा सदस्यका लागि मतदाताको घरदैलोमा पुगेर मत मागिराख्नुभएको छ ।
मङ्सिर ४ गते हुने निर्वाचनमा ओखलढुङ्गाबाट २५ जना कैदिबन्दीले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गर्ने स्वीकृति दिएपछि २५ जना कैदिबन्दीले मतदान गर्ने भएका हन् ।
नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप एक सदस्य मनोनयन गरेको छ ।
कतारमा मङ्सिर ४ गतेदेखि आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मेक्सिको र क्यानडाले खेलाडी टोलीको घोषणा गरेका छन् ।
सरकारले पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमास प्रिन्सले शिष्टाचार भेट गर्नुभएको छ ।
नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन् । मङ्गलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ ।