संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौती सामनाका लागि ऐक्यबद्ध हुन अपिल गर्नुभएको छ ।
नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ ।
निर्वाचन आयोगले निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन भनी स्पष्ट पारेको छ । निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो मार्फत स्थिर समयलाई स्पष्ट बनाउनु भएको छ ।
निर्वाचन आउन अव एक साता मात्र बाँकी भए पनि रौतहटको ग्रामीण क्षेत्रका गरिब, पिछडा वर्ग तथा दलित समुदायका मतदाता भने मतदान प्रक्रिया बारे अन्योलमा छन् ।
निर्वाचन आउन अव एक साता मात्र बाँकी छ । मत आफ्नो पक्षमा पार्न प्रतिस्पर्धामा उत्रिएका दलका नेता कार्यकर्ताहरू लामबद्ध भएका छन् ।
नेपाली महिला फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेको छैन। पाँच पटकसम्म फाइनलमा पुगे पनि नेपालले चार पटक भारतसँग र एक पटक बङ्गलादेशसँग पराजय बेहोरेको छ। एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। यसपालि घरेलु मैदानमा भएको छैटौँ संस्करणमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर थियो। किन कि नेपालले पहिलो पटक भारतलाई सेमिफाइनलमा पराजित गरेर कीर्तिमान रच्यो। त्योसँगै उपाधि जित्ने सम्भावना बढेको थियो तर फाइनलमा नेपाल बङ्गलादेशद्वारा ३–१ गोल अन्तरले पराजित हुन पुग्यो ।
सन् १९२५ देखि १९६२ सम्म चलचित्र निर्देशनमा लागेका विश्व सिनेमा जगत्का ध्रुव तारा जँ रेन्वाले युग अनुरूप प्रविधिको उपयोग गर्दै विविध विषयका चलचित्र बनाए र इतिहास रचे । सन् १९४१ देखि १९५१ सम्म अमेरिका बसेर पनि चलचित्र बनाए । अमेरिका बसाइका क्रममा रुमेर गोडेनको पुस्तक ‘द रिभर’मार्फत भारतसँग परिचित हुने मौका पाएका रेन्वाले त्यसैलाई चलचित्रमा उतारे पनि । सन् १९५१ मा बनेको ‘द रिभर’ रेन्वाको अन्तिम र एक मात्र उत्कृष्ट अमेरिकी चलचित्र थियो । रेन्वाको पहिलो रङ्गीन चलचित्र पनि ‘द रिभर’ नै हो । श्याम श्वेत चलचित्रका जादुगर रेन्वाको ‘द रिभर’लाई संसारमा बनेका अत्यन्तै उत्कृष्ट रङ्गीन चलचित्रहरूमध्ये पहिलो नम्बरमा राख्दा फरक पर्दैन । उनकै तेस्रो रङ्गीन चलचित्र ‘फ्रेन्च कानकान’ हेर्ने हो भने लाग्छ कि यी निर्देशकका पिता (पिएर ओगुस्त रेन्वा) आएर चलचित्र निर्देशन गर्ने काम गरे । जँ
बालपत्रिका ‘मुना’ को स्तम्भ ‘बालकसँग स्रष्टा संवाद’ का लागि यस पटक हामीले काभ्रे जिल्ला, महेन्द्रज्योति गाविस (हाल : बनेपा नगरपालिका)मा जन्मनुभएका साहित्यकार अनन्त वाग्लेसँग प्रज्ञाकुञ्ज मावि बानेश्वरकी छात्रा वर्षा न्यौपानेले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार अनन्त वाग्ले र वर्षा न्यौपानेबीचको रमाइलो संवाद :
नेपालभाषा एकेडेमीले १८औँ दान्यहिरा सिरपाः तीनवटा विधालाई वितरण गरेको छ। नेपालभाषा साहित्यमा योगदान पु-याएको भन्दै ‘दान्यहिरा जीवंकाछी सिरपाः’ मरणोपरान्त वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ। यसैगरी ‘दान्यहिरा सङ्गीत सिरपाः’ सङ्गीतकार मनराजा नकःमि र ‘दान्यहिरा विज्ञान प्रविधि सिरपाः’ डा. केशरीलक्ष्मी मानन्धरलाई प्रदान गरियो।
लागूऔषधविरुद्धको अभियानमा निर्माण भएको चलचित्र ‘सरी मम’ शीर्ष गीत सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। एनएफआई क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र मङ्सिर १५ मा प्रदर्शन हुने भएको छ। निर्माता विनोद लामाले चलचित्र एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बागमती प्रदेशमा मात्रै देखाइने बताउनुभयो। हलमा सार्वजनिक प्रदर्शनपश्चात् चलचित्रलाई देशव्यापी रूपमा लक्षित वर्गसम्म पु-याउने अभियान सुरु गर्ने उहाँले जानकारी दिनुभयो।
नायिका छिरिङ शेर्पा र कोरियोग्राफर जगदीश गुरुङ (जेडी तमु) ‘सर्वाधिक उचाइमा नृत्य गर्ने जोडी’का रूपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा हुनुहुन्छ। छिरिङ शेर्पा डान्सिङ रियालिटी सो डान्सिङ स्टार्स नेपालको विजेता हुनुहुन्छ। उहाँले कोरियोग्राफर सरोज प्रजासँग मिलेर जित हासिल गर्नुभएको थियो। शेर्पा फिल्म्स सङ्घ नेपालकी अध्यक्षसमेत रहेकी छिरिङ, मिस्टर एन्ड मिस टिन शेर्पाकी आयोजक पनि हुनुहुन्छ।
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा निर्वाचन तयारी तीव्र पारिएको छ । दुर्गम ठाउँका पालिकामा मतपत्रलगायत निर्वाचन सामग्री दिएर मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई मतदान केन्द्रमा खटाउने काम भइरहेको छ । निर्वाचन सम्पन्न गर्न बैतडीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरेर एक हजार ६८४ जनशक्ति परिचालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ ।
कञ्चनपुरको क्षेत्र नं. १ मा पूर्व सङ्घीय खानेपानीमन्त्री तथा नेकपा (माओवादी केन्द्र)की नेत्री बिना मगर र सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा (एमाले) कञ्चनपुरका पूर्वअध्यक्ष तारा लामा तामाङबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । २०५६ सालमा अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरु गर्नुभएकी नेत्री मगर तेस्रो पटक यस क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । २०७० को संविधान सभा निर्वाचनमा मगरलाई हाल गठबन्धनबाट प्रदेश सभा सदस्य उम्मेदवार रहनुभएका कांग्रेस नेता दिवान विष्टले पराजित गर्नुभएको थियो । विष्ट १० हजार २९४ मतसहित संविधान सभा सदस्य निर्वाचित हुँदा मगरले नौ हजार २३६ मत प्राप्त गर्नुभएको थियो । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएकी मगरले विष्टलाई नै पराजित गर्नुभएको थियो । मगरले ३८ हजार ४७६ मत र विष्टले १९ हजार २१९ मत पाउनुभएको थियो ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै छ । यो अवस्थामा सत्तारूढ गठबन्धनलाई अहिले नेपाली कांग्रेसका बागी उम्मेदवार अर्थात् स्वतन्त्र उम्मेदवारले चुनौतीका साथै त्रास बढाइदिएको छ । सत्तारूढ गठबन्धनका तर्फका उम्मेदवारको प्रतिस्पर्धा गर्दै जुम्लामा कांग्रेसका शक्तिशाली नेताको उम्मेदवारी कायमै भएपछि गठबन्धनमा त्रास फैलिएको हो ।