• १३ असोज २०८१, आइतबार

‘सरी मम’ शीर्ष गीत सार्वजनिक

blog

काठमाडौँ, कार्तिक २९ गते । लागूऔषधविरुद्धको अभियानमा निर्माण भएको चलचित्र ‘सरी मम’ शीर्ष गीत सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। एनएफआई क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र मङ्सिर १५ मा प्रदर्शन हुने भएको छ। निर्माता विनोद लामाले चलचित्र एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बागमती प्रदेशमा मात्रै देखाइने बताउनुभयो। हलमा सार्वजनिक प्रदर्शनपश्चात् चलचित्रलाई देशव्यापी रूपमा लक्षित वर्गसम्म पु-याउने अभियान सुरु गर्ने उहाँले जानकारी दिनुभयो। 

नवीन बोगटी निर्देशित चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पललगायतको अभिनय रहेको चलचित्रमा आयुष बुढाथोकी र सरोज पौडेलको पटकथा छ। चलचित्र निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ हुनुहुन्छ।