प्रधान सेनापति प्रभुराम शर्माले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षा तयारी एवं वस्तुस्थितिका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन प्रदान गर्ने उद्देश्यका साथ विभिन्न जिल्लाहरूमा निरीक्षण भ्रमण गर्नुभएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने मधेश आन्दोलनका शहीद अमित कापरको बुबा रामवृक्ष कापरले शहीद परिवारको उपेक्षा भएको गुनासो गर्नुभएको छ । आफ्नै घरमा भेट्नु भएका कापरले मधेश आन्दोलनमा कमाउने छोरा गुमाउनुपर्दा ठूलो पीडा भएको दुःख व्यक्त गर्नुभयो ।
काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका शेखर श्रेष्ठसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार टोखामा आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो ।
मतदान केन्द्रहरुमा मतदान अधिकृतलाई पठाउनका लागि छाप लगाउने तरिकालगायतका सन्देशमूलक ब्यानर पट्टाउँदै कर्मचारी ।
मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउन अर्जेन्टिना कतार पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टोली सोमबार कतारको दोहा पुगेको हो ।
मधेस कृषि विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरका अनुसार विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्नेछ । तयारीसहित कात्तिक २९ गतेदेखि मङ्सिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिने उहाँले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताउनुभएको छ ।
बारामा चालु आर्थिक वर्ष २०७९–८० मा कृषकहरूले ५१ हजार १९१ दशमलव ५ मेट्रिक टन भदैया धान उत्पादन गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थिर सरकार आवश्यक भएको बताउनुभएको छ । चुनावी सभालाई सोमबार चितवनको भरतपुरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता जिल्लावासी खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशव्यापीरुपमा चुनाव प्रचारप्रसार अभियानमा अझसक्रिय बन्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएको छ । प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवासँगै प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
निर्वाचन आयोगका अनुसार सप्तरी निर्वाचन क्षेत्र नं. १ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ जना गरी ७० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक २१.२६ अङ्क बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो ।
काठमाडौं, कात्तिक २८ गते । 'किरात राई यायोक्खा' (किराया) बेलायतले आयोजना गरेको नेपालका चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राई एकल साङ्गीतिक साँझ सम्पन्न भएको छ । कार्यक्रमको मुख्य आकर्षणको केन्द्र ‘राई इज किङ’नै थिए । बेलायतका विभिन्न सहरबाट ओइरिएका दर्शक राजेशपायलको प्रतीक्षामा थिए । नेपालका लोकप्रिय गायक राजेशपायलले लाइभ ब्याण्डकासाथ ननस्टप गाएर दर्शक नचाए । आफ्ना लोकप्रिय गीत दर्शन नमस्ते, ‘दिक्तेल बजार,मैले मायाले दिएको मायाको चिनो, 'म त मर्छु कि क्या हो' लगायत दर्जनौँ गीत गाउनुभएको हो । गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरुङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तबलामा महेश गुरुङ, बाँसुरीमा इन्द्र गुरुङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरुङ र रिदममा विकल थापाले सघाएका थिए । कार्यक्रममा प्रस्तुति दिइरहँदा गायक राईले प्रवासमा रहेपनि आफ्नो नेपाली कला, संस्कृति, गीत सङ्गीत नभुल्न सुझाव दिए।आफ्ना पिता रत्न राई र आमा साक्षी राखेर गीत गाइरहँदा उहाँले नेपाली समुदाय विभाजित नहुन पनि आग्रह गर्नुभयो । कार्यक्रममा बेलायतमा रहेका विभिन्न सङ्घ संस्था तथा नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूसमेतको उपस्थिति रहेको थियो ।बेलायतबाट पत्रकार केजीन राईको सहयोगमा