• १३ साउन २०८१, आइतबार

सप्तरीका चार निर्वाचन क्षेत्र : ७० जना उम्मेदवारबीच प्रतिस्पर्धा

blog

काठमाडौं, कात्तिक २८ गते । प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सप्तरीका चार वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगका अनुसार सप्तरी निर्वाचन क्षेत्र नं. १ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ जना गरी ७० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

क्षेत्र नं.१
यस क्षेत्रमा १० राजनीतिक दल र १० स्वतन्त्र गरी २० जना उम्मेदवार छन् । १९ पुरुष उम्मेदवार रहेको यस क्षेत्रमा एक जना मात्रै महिला उम्मेदवार छन् । एक लाख १३ हजार १९५ मतदाता रहेको सप्तरी क्षेत्र नं. १ मा ७९ मतदान स्थल र १४४ मतदान केन्द्र कायम गरिएको छ ।


क्षेत्र नं.२
९५ हजार ३९४ जना मतदाता रहेको यस क्षेत्रमा १२ राजनीतिक दल र चार स्वतन्त्र गरी १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवारमध्ये १३ पुरुष र तीन महिला छन् । यस क्षेत्रमा ६८ मतदान स्थल र १२३ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।


क्षेत्र नं.३
१२ राजनीतिक दल र छ स्वतन्त्र गरी १८ जना उम्मेदवार हुने यस क्षेत्रमा एक लाख चार हजार ८९२ जना मतदाता छन् । यस क्षेत्रमा ७४ मतदान स्थल र १३६ मतदान केन्द्र गरिएको छ ।


क्षेत्र नं.४
यस क्षेत्रमा १० राजनीतिक दल र छ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमा १५ पुरुष र एक महिला छन् । एक लाख चार हजार ८९३ जना मतदाता रहेको यस क्षेत्रमा ७४ मतदान स्थल र १३३ मतदान केन्द्र कायम गरिएको छ ।


इन्फोग्राफ : निर्वाचन आयोग नेपाल