निर्वाचन सुरक्षार्थ खटिएका महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड र प्राथमिक उपचारका लागि औषधि प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले आदर्श सञ्चार सहकारी संस्था र नर्वदा टे«डर्ससँगको समन्वयमा ३१८ जना महिला सुरक्षाकर्मीलाई एक महिनालाई पुग्ने स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो। उहाँहरूलाई सिटामोल, जीवनजल, सुगर, प्रेसरका सामान्य औषधि तथा प्राथमिक उपचारका अन्य सामग्री प्रदान गरिएको जनाइएको छ। निर्वाचन सुरक्षामा खटिने ६७ महिला प्रहरी र २५१ जना महिला म्यादी प्रहरीलाई सामग्री हस्तान्तरण गरिएको बागलुङका प्रहरी प्रमुख दयानिधि ज्ञवालीले बताउनुभयो।
घोराही–तुलसीपुर ‘फोरलेन’ सडक दाङ जिल्लाको विकास तथा समृद्धिका लागि महत्वपूर्ण विकास योजना हो। सडक तथा पूर्वाधार विकास योजनाअन्तर्गत सडक विस्तारले विकास निर्माणमा महìवपूर्ण सहयोग पुग्ने अपेक्षा जिल्लावासीको छ। त्यही अपेक्षाअनुसार जिल्लामा हुने विकाससम्बन्धी कार्यक्रम तथा निर्वाचनका बेला घोराही–तुलसीपुर तथा घोराही–लमही ‘चार लेन’ सडक विस्तारको कुरा जोडतोडले उठ्ने गरेको छ।
पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेय र ठाकुर गैरेबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। डेढ वर्षअघिसम्म एउटै पार्टी नेकपा (एमाले)मा रहेका पाण्डेय र गैरेबीच यस पटक रोचक प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार गैरे विपक्षी गठबन्धनमा आबद्ध नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको छ भने पाण्डेय सत्ता गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार हुनुहुन्छ। गैरेलाई आफ्नै एमाले पार्टीको मजबुत सङ्गठनको दरिलो साथ रहेको छ। पाण्डेयलाई पनि गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतको दरिलो साथ छ। यसले पाल्पा क्षेत्र नं. २ को प्रतिस्पर्धा रोचक बनाएको छ।
मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा सप्तरीमा चुनावी सरगर्मी बढेको छ। विगतमा मत दिएर पनि आफूले चाहेको विकास र एजेन्डामा विजयी नेताबाट काम नहुँदा ठगिएको भन्दै मतदाताले यस पटक कुन पार्टी र राम्रो एजेन्डा बोकेका उम्मेवारलाई दिने भन्ने मनसाय बनाइसकेको छन्। बोल्न जान्ने र त्याग गर्न सक्ने नेता आफूहरूको चाहना रहेको महदेवा–६ का महेश मण्डल बताउनुहुन्छ।
मोरङमा मङ्सिर १ गतेदेखि ५ गतेसम्म मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवनजस्ता कार्य निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित गर्दै मदिराजन्य वस्तुको बिक्री, वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले निर्वाचनको समयलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरण सिर्जना गर्न सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह मन्त्रालय (निर्वाचन सेल) असोज १२ गतेको परिपत्र तथा जिल्ला सुरक्षा समिति मोरङको कात्तिक २७ गतेको निर्णयबमोजिम रोक लगाइएको जानकारी दिनुभयो । मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ५ गते राति १२ बजेसम्म पूर्ण निषेध गरिएको र कसैले कहीँकतै बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख छ।
चेतना र विज्ञान आजको युगमा हाम्रा ग्रामीण क्षेत्रमा अझै पुरातन सोच, शैलीमा छन्। विभिन्न किसिमका अन्धविश्वासका घटना भइरहन्छन्। यस्ता घटनाले राज्य र समाजको गतिलाई चुनौती दिइरहेको हुन्छ। यस्ता अनेक घटना बेलाबेलामा देख्न तथा सुन्न पाइन्छ। धामी, झाँक्री, बोक्सी, टुनामुनाजस्ता विविधखाले अन्धविश्वास विज्ञान र प्रविधिको अनुपस्थितिमा कुनै बेला अति अस्वाभाविक नहुन सक्थ्यो होला तर अहिले पनि त्यस्ता कार्य समाज विकासका अवरोध हुन सक्छन्। अन्धविश्वासकै कारणले कतिपय मानिसले अकालमा ज्यान गुमाइरहेका हुन्छन्। धामी झाँक्रीका सम्बन्धमा विभिन्नखाले अविश्वसनीय तथ्यकै सूचीमा भर्खरै एक समाचारले धेरैलाई स्तब्ध पारेको छ।
राजनीतिक पार्टीहरू र नेता देश विकास तथा जनताका सुख–सुविधा प्रवाहका संवाहक अर्थात् माध्यम हुन्। प्रथमतः राजनीतिक पार्टीका कार्यक्रम दीर्घकालीन हुनुका साथै त्यसलाई कार्यान्वयन गर्नका लागि नेताहरूको दृष्टिकोण तथा क्षमता महत्वपूर्ण हुन्छ नै। त्यसमा पनि नेतामाथिको विश्वास र सम्मानको वातावरणलाई पनि बेवास्ता गर्न हुँदैन।
आगामी मङ्सिर ४ को सङ्घीय तथा प्रादेशिक चुनावका सम्बन्धमा आम सञ्चारमाध्यममा अनगन्ती बहस प्रस्तुत भए। ती चुनाव–सम्बद्ध बहसले मुख्यतः भौतिक विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, स्वदेशमै रोजगारी, उद्योग तथा कृषि, सुशासनजस्ता मुद्दा प्रतिविम्बित गरेका छन्। राज्यको चौथो अङ्गद्वारा सहजीकृत चुनाव–केन्द्रित बहसको दौरान गुज्रदा के चीज चहकिलो पारियो वा मधुरो पारियो भन्ने सन्दर्भमा केही न केही महसुस हुनु स्वाभाविकै हो।
“अक्षम मानिस राजनीतिमा आउनु भनेको अक्षम मानिसबाट मतदाता स्वयं शासित हुनु हो। अक्षम छान्नुको सजाय यही हो,” यी भनाइ महान् युनानी दार्शनिक प्लेटोका हुन्। आसन्न निर्वाचनका सन्दर्भमा मतदानद्वारा प्रकट हुने सम्भावित नतिजाको प्रसङ्गमा यहाँ उद्धृत गर्न आवश्यक ठानिएको हो। मुलुक यतिखेर चुनावी माहोलमा होमिँदै छ। सङ्घ र प्रदेश दुवै तहका सांसद पदका लागि आगामी मङ्सिर ४ गते देशभरि एकैसाथ निर्वाचन हुन गइरहेको छ। कुनै पनि निर्वाचन चुनौतीपूर्ण हुन्छ नै, संवेदनशील पनि त्यत्तिकै हुन्छ । जसको आ–आफ्नै महìव र भूमिका रहन्छ ।
देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेकोले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
स्थानीय तह सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन पर्याप्त कानुन आवश्यक पर्छ। संविधानले परिकल्पना गरेको कानुनी शासनलाई साकार पार्ने हो भने स्थानीय तहले कानुनको आधारबिना कुनै पनि कार्य सम्पादन गर्नु हुँदैन। स्थानीय तहको कानुन निर्माण निकै जटिल र चुनौतीपूर्ण छ। तैपनि स्थानीय तहले आफ्ना लागि आवश्यक कानुन आफैँले बनाउनुपर्छ। सङ्घ र प्रदेश सरकारले नमुना कानुन (ड्राफ्ट) बनाइदिएको छ। नेपालको संविधानको अनुसूची ८ मा उल्लिखित स्थानीय तहको अधिकारको विषयमा (राज्यशक्ति बाँडफाँटबाट प्राप्त) अधिकारको प्रयोग नगर सभाबाट बनाइएको कानुनबमोजिम हुने संविधानले नै परिकल्पना गरेको छ। तसर्थ तीनै तहका सरकारको कार्य, शक्ति र अधिकारको आधार एवं मूल स्रोत संविधान नै हो।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो। नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताउनुभयो। उहाँले भन्नुभयो, “पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो।”
टीकापुरमा श्रृखलावद्ध तोडफोडका घटना बढ्दै गएको छ । आइतबार राति टेकबहादुर साउद स्मृति पाकको पर्खाल भत्काएको छ भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयका गेटमा ढुङ्गा प्रहार भएको छ ।
आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ। कम्पनीले निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको जनाएको छ। अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याक उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ रुपियाँमा उपलब्ध रहेको टेलिकमले जनाएको छ। यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपियाँमा उपलब्ध छ।