• १३ असोज २०८१, आइतबार

आजको मौसम: वर्षा र हिमपातको सम्भावना

blog

काठमाडौं, कात्तिक २९ गते । देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेकोले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा जनाएको छ । महाशाखाका अनुसार मंगलबार देशको पहाडी  भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश  १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार पनि देशको पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको महाशाखाको विज्ञप्तिमा उल्लेख छ।

वर्षा र हिमपातको सम्भावना रहेको रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।