• १३ असोज २०८१, आइतबार

टेलिकमको निर्वाचन अफर

blog

काठमाडौँ, कात्तिक २९ गते । आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ।

कम्पनीले निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको जनाएको छ। अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याक उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ रुपियाँमा उपलब्ध रहेको टेलिकमले जनाएको छ। यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपियाँमा उपलब्ध छ।