भन्सार विभागले सर्भर अपडेट गरिरहेका कारण मुलुकभरका भन्सार कार्यालयबाट मालवस्तु जाँचपासमा व्यवधान आएको छ। आसिकुडा वल्र्ड सफ्टवेयरको अपडेट भइरहेकाले कतैकतै केही समस्या आएको विभागले जनाएको छ। सफ्टवेयर अपडेट गरेर ‘प्री–टेस्टिङ’ भइसकेको पनि यो परीक्षणकै चरणमा रहेकाले कतैकतै समस्या आएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो।
प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनअन्तर्गत प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रमा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कतिपय निर्वाचन क्षेत्रमा पहिले एउटै पार्टीमा रहेका पुराना सहकर्मीबीच प्रतिस्पर्धा हुनेछ भने कतिपयमा २०७० साल र २०७४ सालकै पुराना उम्मेदवारबीच फेरि रोचक प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली लोक सङ्गीत नादिङ लयको गीत कुसुमे रुमाल २ को भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ । प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि गर्ने तयारीमा रहेका विभिन्न समूहका ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकले भरिभराउ भएको छ। कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसाय पर्यटक आगमनमा वृद्धि भएसँगै सुधार देखिन थालेको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गन्तव्य देशबाटै श्रम स्वीकृति नवीकरण गर्न श्रमिकलाई आग्रह गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सबै श्रम गन्तव्य देशमा श्रम स्वीकृति गर्न सकिने व्यवस्था भएकाले म्याद सकिए वा नसकिएको जाँच गरी नवीकरण गर्न आग्रह गरेको हो। आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गरी नेपालको प्रचलित कानुनबमोजिम आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गराउन मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी निरन्तर हुने आदेश गरेको छ । उम्मेदवारी कायम रहनेगरी यसअघि एकल इजलासले जारी गरेको आदेशविरुद्ध निर्वाचन आयोगको निवेदनमा सुनुवाइ गर्दै अदालतको संयुक्त इजलासले अघिल्लो आदेशलाई निरन्तरता दिएको हो ।
बुङ्मतीको विकास, सम्पदाको प्रचार प्रसार तथा व्यवस्थापन गर्न स्थानीय जुटेका छन्। उपत्यकावरपरका ऐतिहासिक ५२ वटा बस्तीमध्येको बुङ्मतीको सांस्कृतिक, धार्मिक महत्त्वका मूर्त/अमूर्त सम्पदाको संरक्षणमा यहाँका स्थानीय जुटेका हुन्। काठमाडौँबाट छोटो दूरीमा रहेको बुङ्मती रातो मच्छिन्द्रनाथको मन्दिरका कारण प्रख्यात छ। ललितपुर महानगरपालिका–२२ स्थित यस क्षेत्रका गल्ली, चोक र टोल ऐतिहासिक मौलिक विविध सम्पदाले भरिपूर्ण छन्। यहाँ हरेक घरपरिवार आयआर्जनका लागि विभिन्न हस्तकलाका सामग्री निर्माण गरेको दृश्य देख्न पाइन्छ।
सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन् । सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि सभातर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको विवाद र राष्ट्रिय सभासमेतका गरी दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन् । नगन्य मात्र विवादमा फैसला भएका छन् ।
तेह्रथुमको मोराहांङ ९ सिकिदिम घर भई हाल अमेरिकाको न्युयोर्क बसोबास गर्दै आउनुभएका हेम माया थापा फाउण्डेसनले देश तथा विदेशमा रहेर समस्यामा परेकालाई २३ करोड रुपियाँ सहयोग गरेको छ । समाज सेवामा लागेर करोडौँ रुपियाँ सहयोग गरेको भए पनि फाउण्डेशन चर्चामा आउन नखोजेको जनाएको छ । दुःख कष्ट भोगेर सहेर आफू विपन्न परिवारमा जन्मेको भए पनि दुःख र पीडालाई बुझेर नै समाजसेवामा लागेको थापाले बताउनुभयो ।
राप्रपा नेपाल पाल्पाका अध्यक्ष तथा पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । राप्रपा नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खडानन्द गैरे सोमबार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।
पूर्व सांसद किशनलाल लेखककी धर्म पत्नी तारा लेखकको ७६ वर्षको उमेरमा निधन भएको छ
पोखरा महानगरपालिका–३१ लेखनाथको सुन्दरी डाँडाबाट देखिएको बेगनास ताल ।
काठमाडौं उपत्यकामा जम्मा एक हजार सात सय ट्राफिक प्रहरी रहेकामा अहिले चार सय मात्रै बाँकी छन् । एक हजार तीन सय ट्राफिक प्रहरी उपत्यका बाहिर गएपछि म्यादीको सहयोगमा उपत्यकाको सडक व्यवस्थापन हुँदै आएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
मङ्सिर ४ गतेको निर्वाचनका लागि नाम्खा गाउँपालिका –६ को हिमालपारि गाउँ लिमीमा खटिने कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने भएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेको हो ।