मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
इथियोपियाली सरकारले यहाँका विद्रोहीहरुसँग हालै भएको शान्ति सम्झौता कार्यान्वयन हुने जनाएको छ । आइतबार यहाँको सरकारको सूचना तथा सञ्चार विभागले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको प्रतिबद्धता व्यक्त गरेको हो ।
काठमाडौं, कात्तिक २८ गते । हलो जोतेर भोट माग्दै उम्मेवार थापा : महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार पोषण थापा मतदाताको खेतमा पुगी हलो जोतेर भोट माग्दै । मतदातासँग भेटघाट गर्दै उम्मेदवार : रामपुर नगरपालिका–८ स्थित भुजातमा मतदातासँग भेटघाट गर्दै पाल्पा क्षेत्र नं १ ‘१’ का प्रदेशसभा सदस्यका उम्मेदवार श्यामकान्त खनाल । एमाले अध्यक्ष ओली : नेकपा (एमाले) द्वारा सुर्खेतको वीरेन्द्रनगर–६, घण्टाघरमा आयोजना गरिएको चुनावी सभामा सम्बोधन गर्न वीरेन्द्रनगर आउनुभएका पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली । मन्त्री कार्की – जनगुनासो सुन्दै : सुनसरीको इनरुवा–४ मा चुनावी घरदैलो कार्यक्रममा आइतबार स्थानीयको गुनासो सुन्दै सञ्चार तथा सूचनाप्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की । कोणसभामा उम्मेदवार गुरुङ : स्याङ्जाको गल्याङमा आयोजित घरदैलो तथा कोणसभामा प्रतिबद्धता जनाउनुहुँदै काँग्रेसका केन्द्रीय उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार धनराज गुरुङ । घरदैलो कार्यक्रम : झापा क्षेत्र नं ५, प्रदेशसभा २ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गगन पुरी मतदातासँग मत माग्न घरदैलो जानुहुँदै ।घरदैलोमा पूर्व अर्थमन्त्री पाण्डे : चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे घरदैलोका क्रममा रत्ननगर नगरपालिका–१० का मतदातासँग भोट माग्दै । मतदातासँग मत माग्दै उम्मेदवार थापा : मोरङ क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रेखा थापा बेलबारीस्थित वृद्धा मतदातासँग मत माग्दै । तस्बिरः रासस
बेलायतले ७० वर्षपछि नयाँ राजा पाएको छ। रानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएपछि ७३ वर्षीय युवराज चाल्र्स बेलायतको नयाँ राजा बनेका छन्। बेलायतको नौ सय वर्षको राजतन्त्रको इतिहासमा उनी ४०औँ राजा हुन्। उनलाई राजा चाल्र्स तृतीय भनिएको छ। एलिजाबेथको स्कटल्यान्डस्थित बालमोरल दरबारमा भदौ २३ गते निधन भएको थियो। भदौ २५ गते युवराज चाल्र्सलाई औपचारिक रूपमा राजा घोषणा गरियो। असोज ३ गते राजकीय सम्मानका साथ एलिजाबेथको अन्तिम संस्कार सम्पन्न भयो।
लक्ष्मीप्रसाद देवकोटासँग मेरो अजिबको सम्बन्ध छ । काव्यभन्दा पहिले मैले महाकविको गद्य पढेँ । म उनको लेखन शिल्पीले मोहित भएँ । उनको भाषाले अहिलेसम्म तानिरहेको छ । त्यो विशिष्ट प्रकारको साङ्गीतिकतालाई म ‘कवितात्मक गद्यकारिता’ भन्न रुचाउँछु । त्यही कवितात्मक गद्यकारिता मैले पछि शङ्कर लामिछाने, मञ्जुल, राममणि रिसाल, डा. दुर्गा भण्डारी र शारदा शर्माका निबन्धमा पाएँ ।
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ ।
विद्यालयमा गुरुआमाले हामीलाई बाल अधिकारका बारेमा पढाउनुभयो । उहाँले बाल अधिकारका बारेमा हामीलाई छर्लङ्ग बुझाउनुभयो । बालबालिकाले पोसिलो खाना, उचित शिक्षा, औषधोपचार, समयानुसार लुगा कपडा, मायालु वातावरण पाउनुपर्छ भनेर बुझाउनुभयो । गुरुआमाले बालबालिकाले यी कुरा नपाएमा बाल अधिकार हनन् हुन्छ भन्ने कुरा पनि बुझाउनुभयो । म धेरै खुसी भएँ र मैले प्रश्न पनि गरेँ । यी कुरा नभएमा कसले दिन्छ त बालबालिकालाई अधिकार ? उहाँले यो कुरा सरकारले जिम्मा लिएको हुन्छ , हामीले आवाज उठाउनु पर्छ । बालबालिकाको हकहितमा काम गर्ने संस्थाहरू बोल्छ ।
निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चेतावनी दिनुभएको छ । उहाँले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताउनुभएको हो ।
प्रदेश सरकारमार्फत आउने योजना मन्त्रालयबाटै तोकिएर आउँदा प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । जिल्लामा प्रत्येक वर्ष लाखौँ रकमको योजना मन्त्रालय बाट नै तोकिएर आउँदा ती योजनाहरू प्रभावकारी र दिगोपनामा समस्या देखिएको हो ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मोरङको सुन्दरहरैँचा–११, कर्जुनामा शिलान्यास गर्नुभएको प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण कार्य अलपत्र परेको छ। तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एक/एकवटा सरुवा रोग अस्पताल बनाउने योजना सरकारको नीति तथा कार्यक्रम तय गरेपछि २०७७ माघ १९ गते तत्कालीन मन्त्री ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभएको थियो । टेकु अस्पतालका तीन सय शøयाले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याबसहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना सुन्दा स्थानीय बासिन्दा खुसीले गदगद भएका थिए । तर, अस्पतालको शिलान्यास गर्ने ठाउँमा अहिले तोरी उम्रिन थालेको छ ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मोरङमा चार निकायका सात हजार सुरक्षाकर्मी परिचालन हुने भएको छ। निर्वाचन सुरक्षाअन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो। मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानको टोली निर्वाचन लक्षित गरेर परिचालन गरिनेछ।
निधारमा त्रिपुण्डक टीका, गलामा गेरु रङको गलबन्दी । झट्ट हेर्दा कुनै हिन्दु पुजारीको झल्को दिने पहिरन तर उहाँ पुजारी नभई कास्की क्षेत्र नं. २ प्रदेश सभा (ख) का उम्मेदवार हुनुहुन्छ, अरुण गिरी । उहाँले यतिबेला यही हुलियामा आफ्ना निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न वडामा पुगेर मत माग्नुभएको छ ।
बागलुङ जिल्लाको अर्गलका मगर समुदायले मनाउने भुस पोल्ने मेला यस वर्ष हर्षाेल्लासका साथ मनाइएको छ । भुस पोल्ने पर्वको नेतृत्व अर्गल संस्कृति संवद्र्धन समितिले गरेको हो । तारा खोला गाउँपालिका–२, अर्गलमा मनाइने उक्त पर्व अर्गली मगरको चर्चित पर्व हो । तारा खोला क्षेत्रको अमरभूमि, अर्गल, हिल र तारा क्षेत्रका मगर समुदायले हरेक वर्ष कात्तिक २४ गते भुस पोल्ने र शङ्खु बारी खन्ने, २५ गते पितृ कार्य र २६ गते छापो खन्ने वा अर्गासी खनेर मनाउने चलन छ । अर्गलका वडाध्यक्ष भद्रबहादुर घर्तीका अनुसार स्थानीय बूढापाकाले बारीमा जौ छरेपछि युवकयुवतीले बारी खन्ने गर्छन् । २४ गते अर्गलको शङ्खु बारीमा आगो बालेको धुवाँ देखेपछि तारा खोलामा भुस पोल्ने चलन छ । सो पर्वमा भुसका रूपमा बर्खेबाली मकै, कोदोको डाँठ पोल्ने गरिन्छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ तर, तीनतिर बबई नदी र एकतर्फ भारतको सीमासँग जोडिएको महजिदिया गाउँलाई भने यसको रौनकले अझै छुन सकेको छैन। गुलरिया नगरपालिका–१० मा पर्ने महजिदिया गाउँका अधिकांश स्थानीयलाई निर्वाचनको मिति र उम्मेदवारको बारेमा न जानकारी छ, न कुनै चासो नै। न्यूनतम विकासका पूर्वाधारसमेत नपुगेको महजिदिया गाउँमा मल्लाह र हरिजन समुदायका ५० घर छन्।