• १३ साउन २०८१, आइतबार

मतदातासँग भोट माग्न व्यस्त उम्मेदवारहरू [फोटो फिचर]

blog

काठमाडौं, कात्तिक २८ गते । 


हलो जोतेर भोट माग्दै उम्मेवार थापा : महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं १ का  प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार पोषण थापा मतदाताको खेतमा पुगी हलो जोतेर भोट माग्दै । 


मतदातासँग भेटघाट गर्दै उम्मेदवार : रामपुर नगरपालिका–८ स्थित भुजातमा मतदातासँग भेटघाट गर्दै पाल्पा क्षेत्र नं १ ‘१’ का प्रदेशसभा सदस्यका उम्मेदवार श्यामकान्त खनाल । 


एमाले अध्यक्ष ओली : नेकपा (एमाले) द्वारा सुर्खेतको वीरेन्द्रनगर–६, घण्टाघरमा आयोजना गरिएको चुनावी सभामा सम्बोधन गर्न वीरेन्द्रनगर आउनुभएका पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली । 


मन्त्री कार्की – जनगुनासो सुन्दै : सुनसरीको इनरुवा–४ मा चुनावी घरदैलो कार्यक्रममा आइतबार स्थानीयको गुनासो सुन्दै सञ्चार तथा सूचनाप्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की । 


कोणसभामा उम्मेदवार गुरुङ : स्याङ्जाको गल्याङमा आयोजित घरदैलो तथा कोणसभामा प्रतिबद्धता जनाउनुहुँदै काँग्रेसका केन्द्रीय उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार धनराज गुरुङ । 


घरदैलो कार्यक्रम : झापा क्षेत्र नं ५, प्रदेशसभा २  बाट नेकपा (माओवादी केन्द्र)  का उम्मेदवार गगन पुरी मतदातासँग मत माग्न घरदैलो जानुहुँदै ।


घरदैलोमा पूर्व अर्थमन्त्री पाण्डे : चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे घरदैलोका क्रममा रत्ननगर नगरपालिका–१० का मतदातासँग भोट माग्दै । 


मतदातासँग मत माग्दै उम्मेदवार थापा : मोरङ क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रेखा थापा बेलबारीस्थित वृद्धा मतदातासँग मत माग्दै । तस्बिरः रासस