गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।
भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । सुरक्षित, व्यवस्थित एवम् भयरहित वातावरणमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदात अधिकृत र सहायक मतदान अधिकृतका लागि बेँसीसहरमा आइतबार आयोजित तालिमको उदघाटन कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।
निर्वाचन आयोगले निर्वाचनको शान्त अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री विवरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताउनुभएको छ । आइतबार बिरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले देश बनाउन देशभक्ति, राष्ट्रवादी सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रेखा थापाको घरदैलो अभियान सक्रिय हुनुहुन्छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आइतबार उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गर्नुभएको छ।
बाजुराको खप्तड छेडेदह र बूढीगङ्गा नगरपालिकाका अधिकांश स्थानीय भूकम्पको डरमा घर छोडेर त्रिपालमुनिको बास बस्दै आएका छन् ।
सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ। नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डा र चुनाव चिह्न त्रिभुजको विषयमा जानकारी गराइरहनुभएको छ।
अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ । योसँगै उक्त दलले आगामी दुई वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि इङ्गल्यान्डले जितेको छ । अष्ट्रेलिया स्थित मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो ।
गएको मंगलबार रातीदेखि खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५ दिनको अवधिमा साना ठूला गरी ५०३ वटा पराकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
निर्वाचन सुरक्षा बुझ्न मुख्यसचिव शंकरदास वैरागीसहितको सचिवस्तरको टोली कर्णाली आइपुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न उहाँहरूको टोली कर्णाली आएको हो ।
काठमाडौं, कात्तिक २७ गते । फिल्म 'सरी मम'को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।प्रज्वल श्रेष्ठको स्वर रहेको गीतमा प्रज्वल श्रेष्ठ र नवीन बोगटीले शब्दसंगीत भर्नुभएको छ । एनएफआई क्रियशनको ब्यानरमा बनेको यस फिल्मका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ हुनुहुन्छ । यस्तै, नवीन बोगटीको निर्देशन रहेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, प्रभात पल ठकुरी, प्रविल कडेल, एलिस राई, युनिसा बजगाईँ, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईँ, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ ।फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन रहेको छ । फिल्म आगामी मङ्सिर १५ मा प्रदर्शन हुनेछ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।