आर्टुडियोको अन्तर्राष्ट्रिय कला रेसिडेन्ट कलाकार युरी अल्भिट्सले सार्वजनिक ठाउँलाई ग्यालरीका रूपमा प्रयोग गर्दै विष्णुमती नदीको खुला ठाउँमा ‘ह्याफजार्ड’ शीर्षकको आफ्नो खुला कला प्रदर्शनी प्रस्तुत गर्नुभएको छ। ‘ह्याफजार्ड’ कला प्रदर्शनीले प्रदूषण र काठमाडौँका नदी र सार्वजनिक स्थानको अव्यवस्थित अवस्था देखाउँदै युरीका कलाकृति प्रदर्शनीमा राखिएका थिए। सार्वजनिक कला प्रदर्शनीका रूपमा डल्लु पुल, विष्णुमती नदीमा कला प्रदर्शन गरिएको हो।
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाको स्मृति ग्रन्थको लोकार्पण गरिएको छ। सुवर्ण स्मृति परिषद्को केन्द्रीय कार्यालयद्वारा भक्तपुरमा आयोजित राणाको ४५औँ स्मृति दिवसमा सुवर्ण स्मृति ग्रन्थ लोकार्पण गरिएको हो।
प्रदर्शनको तेस्रो सातामा पनि चलचित्र ‘महापुरुष’ हाउसफुल भइरहेको छ। शुक्रबारसमेत दर्शकको साथ पाएको चलचित्र शनिबार काठमाडौँ उपत्यकामा रहेका सो हाउसफुल छन्। प्रदर्शनको दुई सातामा सात करोड चार लाख ग्रस कलेक्सन गरेको चलचित्र नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ।
मुलुकमा सङ्घीयता लागू भएको पाँच वर्ष बितिसक्दा पनि सङ्घीयताको अनुभूति नै गर्न नपाएको दोलखालीको गुनासो रहेको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा सात चरण पूरा गर्नुपर्ने हुन्छ। वर्षौंदेखि लिमीमा विवाह गर्दा तिब्बतको प्रभाव देखिने भएका कारण यी चरण पूरा भएपछि मात्रै विवाह भएको मानिन्छ। लिमीका स्थानीय कुन्चोक तामाङका अनुसार अन्यत्र भन्दा लिमीका तीन गाउँमा विवाह गर्ने फरक चलन छ। उहाँले सात चरण पूरा भएपछि मात्र विवाह भएको मानिने बताउनुभयो। उहाँका अनुसार पहिलो चरण भनेको प्रस्ताव (स्थानीय भाषामा जापत्रा), दोस्रो चरण स्वीकृति (होटन गगुचे), तेस्रो चरण दोस्रो चरणको स्वीकृति (जिरन्कमा), चौथो चरण उत्सव (एस्कोट), पाँचौँ चरण संलग्नता (गोकसा पाइक्षे), छैटौँ चरण विवाहको गीत र नाच (छोल छ्याङ) र सातौँ चरण विवाह (बानलेन) हुन्। यी चरण विवाहका लागि दुलाहा पक्षले अपनाउनैपर्ने हुन्छ।
निर्वाचनको चहलपहल भइरहँदा सोलुखुम्बुका किसानलाई खेतमा पाकेको धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ । यस जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली, देउसालगायतका स्थानका किसानलाई धान थन्क्याउने चटारो भएको हो । सिँचाइको सुविधा भएको, रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादन सन्तोषजनक भएको अनुमान गरिएको छ ।
घरआँगन तथा खेतबारीमा सर्प देख्नासाथ सुनवल नगरपालिकाका शङ्कर भण्डारीलाई फोन सम्पर्क गर्नु अनिवार्य नै भइसकेको छ। स्थानीयवासी पनि सर्पलाई मार्ने होइन, भण्डारीलाई फोन गरी नियन्त्रणमा लिनका लागि आग्रह गर्ने गर्छन्। घरआँगन तथा खेतबारीमा भेटिएको वा मान्छेलाई टोकेमा धेरैजसोले सर्पलाई मार्ने गर्छन् तर भण्डारी भने सर्पलाई मार्ने होइन नियन्त्रणमा लिएर संरक्षण गर्नुपर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ। सानै उमेरदेखि प्रकृतिसँग रमाउने बानीका कारण भण्डारीले गाउँघर तथा बस्तीहरूमा फेला परेका सर्पलाई नियन्त्रणमा लिई संरक्षण गर्दै आउनुभएको छ। उहाँले सर्प नमार्नसमेत आग्रह गर्नुभएको छ।
बुटवल ज्योतिनगरको पहिरो प्रत्येक चुनावमा नेताहरूका लागि भोट माग्ने मुख्य एजेन्डा बन्ने गरेको छ। चुनावका बेला नेता तथा उम्मेदवारहरूले बोल्ने शब्द ज्योतिनगरको पहिरो रोकथाम नै हुने गरेको छ। चुनावी कार्यक्रम तथा घरदैलोमा जाँदा उम्मेदवारले बुटवलवासी मतदातासँग गर्ने प्रतिबद्धताको शब्द नै पहिरो रोकथाम हुन्छ। सोही पहिरो मुख्य एजेन्डा बनाएर यसै क्षेत्रबाट नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पटक पटक निर्वाचित हुनुभयो।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले सुरक्षा र विकासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन्। चुनावी प्रचारप्रसारका लागि सीमा क्षेत्रका बस्ती पुगेका उम्मेदवारसँग सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले सीमा शान्तिसुरक्षा नभएको गुनासो पोख्दै नागरिक सुरक्षा र विकासमा विशेष योजना ल्याउने उम्मेदवारलाई भोट दिने बताउँछन्।
नेपालगञ्जका पुराना सहरी बस्तीहरू भूकम्पको उच्च जोखिममा छन्। पछिल्लो पटक गरिएको एक सर्वेक्षणले नेपालगञ्जका पुराना र घना बस्ती भएको सहरी क्षेत्र अत्यधिक जोखिममा रहेको देखाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले तयार गरेको सर्वेक्षण प्रतिवेदनले उपमहानगरका बढी जनघनत्व भएका र पुराना बस्तीहरू अत्यधिक जोखिममा रहको देखाएको हो।
बागलुङ नगरपालिका–१, खनियाँबासको एकीकृत माझी बस्तीमा ४० भन्दा बढी मत सङ्ख्या रहेको छ। एउटै बस्तीमा यति धेरै मत हुँदा पनि राजनीतिक दल र उम्मेदवारको चासो बढ्नु तथा मतदाता आफ्नो पक्षमा पार्नु स्वाभाविक हो।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कर्णालीमा सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुँदै छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लामा प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार क्षेत्र रहेका छन्। सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधि सभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार हुनुहुन्छ। २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल भएको थियो। सो निर्वाचनमा खड्का नेकपा (एमाले)का धु्रवकुमार शाहीसँग तीन हजार मतान्तरले पराजित हुनुभएको थियो।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको माहोलले गाउँको वातावरण तात्तिँदै गएको छ। मत माग्न गाउँबस्तीमा उम्मेदवार पुगिरहँदा राउटे बस्ती सुनसान छ। फिरन्ते समुदाय राउटे यतिबेला दैलेखको नारायण नगरपालिका–८, लोहोरे सालखर्कमा किनारमा बसेका छन्।
निर्वाचनका बेला उम्मेदवार चिल्लो गाडीमा माइक जोडेर मीठामीठा चुनावी गीत बजाउँदै गाउँगाउँमा भोट माग्दै हिँडिरहेका बेला बैतडीका केही मतदाता त्रिपालमुनि रात बिताउँदै आइरहेका छन्। बैतडीको दुर्गम सिगास गाउँपालिकाका–९ का कैलाश धामीले भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको छ। गाउँमा बस्ने घर नहुँदा उहाँ परिवारसहित भारतको पिथौरागढमा लामो समय ज्याला मजदुरी गरेर बस्नुभयो। भारतमै तीन छोराछोरी जन्मे। कोरोनापछि स्वदेश फर्किनुभएका उहाँसँग बस्ने घर नहुँदा त्रिपालमुनि रात बिताउँदै आइरहनुभएको छ।