कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिकाका किसान अलैँची खेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अलैँची सुपर जोन घोषणा गरेर विभिन्न प्राविधिक तथा आर्थिक सहयोग गर्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
अतिशय मानवीय लोभ प्रकृति विनाशको कारण बनेको छ। विश्वमा तापमान वृद्धि भौतिक सुख–सुविधामा तीव्र रमाउने मानवीय कारणले उत्पन्न हुँदै छ। औद्योगिक क्रान्तिपछि भएको विकासले प्राकृतिक स्रोत दोहनलाई तीव्र बनायो। औद्योगिक विकास तथा समृद्धिको नाम दिइएको त्यस आधुनिक विकास व्यापक ऊर्जामा आधारित थियो। जैविक इन्धन नै ऊर्जाको मूल स्रोत बन्यो। त्यसले फाल्ने दूषित धुवाँ नै विश्वतापमान बनाउने मूल कारण बन्यो र आज पृथ्वीका अधिक प्राकृतिक सम्पदा जोखिममा छन्। प्राकृतिक चक्रमा अवरोध छ। त्यसको प्रत्यक्ष असर हाम्रा मनोरम हिमशृङ्खलामा समेत परेको छ।
किसानलाई मल, जनतालाई पिउने जल, सुकुम्बासीलाई थल, गरिबलाई खाना अनि पिछडिएका जनताका आङमा नाना छैन। बाढीपहिरो, भूकम्पपीडितका छाना छैन। यही अवस्थाका बीचमा आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक दलका घोषणापत्र आएका छन्। संविधानमा नै नेपाललाई समाजवाद उन्मुख भनिएको हुँदा सबै दलले समाजवादलाई आफ्नो नीतिमा समेटेका छन् तर समाजवादलाई प्रमुख नीति बनाएका दलका घोषणापत्र पढ्दा जनताका आवश्यकता एकातिर दलहरूका योजना अर्कैतिर रहेको आभास हुन्छ।
नेपालमा किसानले अन्न, तरकारी, फलफूल, उखु, चिया, कफी, जडीबुटी आदिको खेती खेत, बारी तथा करेसाबारीमा गर्छन्। आफूलाई आवश्यक पर्ने केही तरकारी, फलफूल, जडीबुटीको खेती आफ्नो घरको कौसीमा र बार्दलीमा पनि गर्न थालेका छन्। आजभोलि व्यापारिक प्रयोजनका लागि कतिपयले कृषि फार्म स्थापना पनि गर्न थालेका छन्। केहीले माटोबिनाको खेती गरी तरकारी उब्जाउनसमेत थालेका छन् । प्रचुर मात्रामा विज्ञान र प्रविधि प्रयोग गरी घरभित्रै धेरै तलामा तरकारी खेती गरेको झनै हेर्नलायक हुन्छ।
प्रधानमन्त्री शेरबहादुर देउवा एक साता सुदूरपश्चिमका चुनावी भ्रमणमा व्यस्त रहनुभयो। उहाँले गृहजिल्ला डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न ठूला, साना सभामा सम्बोधन गर्नुभयो । आफ्ना शुभेच्छुक तथा आममतदातालाई गठबन्धनका पक्षमा मतदान गर्न आग्रह पनि गर्नुभयो । सम्बोधनका क्रममा स्थानीय भाषामा बोलिरहँदा र डडेल्धुरामा गर्न बाँकी विकाससम्बन्धी अधुरा काम पूरा गर्ने आश्वासन दिइरहँदा सुदूरपश्चिमवासीले खुसी प्रकट गरे ।
मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई सङ्घीय र चार प्रदेश क्षेत्र रहेको यहाँ प्रतिनिधिसभामा नेपाली काँग्रेस र एमाले तथा तीन प्रदेशमा काँग्रेस र एमालेको भिडन्त हुँदा एक प्रदेशमा माओवादी केन्द्र र एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
नेपालमा लोकतान्त्रिक मूल्य मान्यतालाई जनमानसले अन्योन्याश्रित आवश्यकताका रूपमा अङ्गीकार गरिआएका छन्। यस सन्दर्भमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकासका दिशामा विभिन्न चुनौती हाम्रासामु छन्। लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई जनताको चासो, चिन्तनको विषयवस्तु बनाउने विषयमा हाम्रा राजनीतिक दल तथा राज्य सञ्चालनका अङ्गले कुन तथा के कति मानेमा महìव दिइआएका छन्, यी विषयले अहम् महत्व राख्छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा चुनावी माहोल तात्तिँदै गएको छ । उम्मेदवारहरू घरदैलो तथा सभा/सम्मेलनमा व्यस्त छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीनवटा क्षेत्र रहेको दाङमा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनावी मैदानमा बहालवाला मन्त्री मेटमणि चौधरीदेखि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र लुम्बिनी प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोखरेल प्रतिस्पर्धामा रहनुभएको छ ।
दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो । त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।
मङ्सिर–४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि कालिकोटमा सात जना उम्मेदवार चुनावी मैदानमा छन् । सात जनामा मुख्य प्रतिस्पर्धा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)बिच नै हुने देखिएको छ । सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने एमालेका तर्फबाट केन्द्रीय सदस्य नगीन्द्र शाही उम्मेदवार बन्नुभएको छ ।
तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि १० जना उम्मेदवारबीच प्रतिस्पर्धा छ । तर, निर्वाचनको परिणाम हात पार्ने सम्भावित दुई जना उम्मेदवारबीच भने रोचक प्रसङ्ग छ । उहाँहरू हुनुहुन्छ, वाम तथा लोकतान्त्रिक गठबन्धनको समर्थनमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवारी दिनुभएका किरण गुरुङ । उहाँहरू दुवै जना सङ्घीय सरकारका पूर्ववनमन्त्री हुनुहुन्छ ।
चुनाव नजिकिँदै जाँदा बिहान–बेलुका चिया पसललाई दलहरूले भेटघाट र चुनाव प्रचारप्रसारको केन्द्र बनाउन थालेका छन् । लहान–१ मुख्य चोकमा रहेको दुईवटा चिया पसल यति बेला नेताहरू भेला हुने स्थल नै बनेको छ । लालसलाम चिया पसलको नामले चिनिने रामऔतार साहको पसल र उहाँको पसलसँगै टाँसिएर रहेको जय नेपाल चौधरी चिया पसलमा बिहान–बेलुका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका अगुवा नेता–कार्यकर्ताहरूको भेटघाट गर्ने स्थल बनेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई पश्चिम चितवनवासी मतदाताले वन्यजन्तुको आक्रमण रोक्ने स्थायी योजना ल्याउन माग गरेका छन् । घरदैलोका क्रममा घरघर पुगेका उम्मेदवारलाई चितवन राष्ट्रिय निकुञ्ज आसपासका स्थानीयवासीले वन्यजन्तुको त्रासले जीवन गुजार्नु परेको भन्दै आउँदा दिनमा जनताको जिउधनको सुरक्षाका लागि गम्भीर हुन आग्रह गरेका हुन् ।
“दशक बित्यो तर सर्लाहीमा हुलाकी राजमार्गको ४२ किलोमिटर खण्ड निर्माण भएन, हुलाकी सडक निर्माणमा किन उदासीनता ?” सर्लाही कौडेना–७ का विजयकुमार यादवले प्रश्न गर्नुभयो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो कार्यकालको उपलब्धिमा ‘प्रत्येक दिन पाँच किलोमिटर कालोपत्रे सडक’ प्रचार सामग्री साझा गर्नुभएको छ । उक्त प्रसङ्ग कोट्याउँदै यादवले थप्नुभयो, “महिनामा एक किलोमिटर कालोपत्रे गरेको भए तीन वर्षमा बनिसक्थ्यो तर अहिले पनि हामी धुलो र हिलोमा नै छौँ ।”