ओखलढुङ्गामा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन् । दलहरूलाई चुनावी चटारोसँगै अन्य दलका कार्यकर्ता आफ्नो दलमा भित्र्याउने होडबाजी देखिएको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले ठूलो तामझामका साथ मोरङको सुन्दरहरैचा–११ कर्जुनामा शिलान्यास गर्नुभएको प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पतालको अलपत्र परेको छ ।
बैतडीमा भूकम्प आएको बेला भागेर घर बाहिर निस्किँदा लडेर एकजनाको मृत्यु भएको छ ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.५४ अङ्क घटेर १८८३.१६ बिन्दुमा झरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नु भएको छ।
निर्वाचन आयोगका आयुक्तहरूले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरू पहिचान गर्नुपर्ने बताउनुभएको छ ।
वीरेन्द्रनगर १४ का १९ वर्षीय यामलाल पौडेलले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । सुर्खेत क्षेत्र नं २ प्रदेश सभा (ख) को उहाँ मतदाता हुनुहुन्छ । निर्वाचनले आफूलाई उत्साहित बनाए पनि युवालाई रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।
आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई १ सय ३८ रनको चुनौती दिएको छ।
म्याग्दीका एक सय २० मतदान केन्द्रमध्ये आठ वटामा महिलालाई मतदान अधिकृत तोकिएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट दिएर एमाले नेतृत्वको सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभएको छ । कालीकोटको रास्कोटमा आयोजना गरिएको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो ।
काठमाडौं, कात्तिक २७ गते । गायिका बबिता बानियाँ 'जेरी'को 'चोट' गीत सार्वजनिक भएको छ । राजु परियार, पूर्णकला बिसीको स्वर रहेको गीतमा बबिताको शब्द र विरही कार्कीको सङ्गीत, कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो ।गीतको भिडियोमा गायिका बनिता बानियाँसँगै कलाकार राजु आर डी र निरोज भट्टको अभिनय रहेको छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायाङ्कन र प्रविन भट्टको सम्पादन छ ।
गुल्मी जिल्लामा निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई नमूना मतदान गराइएको छ।
दशरथ रङ्गशालामा कात्तिक ३० गते आयोजना हुन लागेको नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि पाकिस्तानले हसन बासिरको कप्तानीमा २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिनु हुनेभएको छ । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई यू–१९ महिला टी–२० विश्वकप आयोजनाको अधिकार प्रदान गरेको छ । आईसीसीले आइतबार सन् २०२७ मा आयोजना हुने टी–२० महिला विश्वकप आयोजनाको अधिकार नेपाल र बंगलादेशलाई संयुक्त रुपमा आयोजना गर्न दिएको हो ।